३ कार्तिक २०८३, मंगलबार

फोटोमा हेर्नुस् बाढी पीडितको घरदैलोमा राजेश हमाल

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । महानायक राजेश हमाल राहत सामग्री लिएर तराईका बाढी र डुबान पीडितमाँझ पुगेका छन् । हमाललाई त्यहाँ देखेपछि स्थानीय दंग परेका छन् । उनबाट राहत लिनभन्दा पनि उनलाई हेर्न बालबालिकादेखि वृद्धासम्म भीड लागेको छ ।

राहत बाड्दै बाड्दै हमाल आइतबार सर्लाही जिल्ला पुगेका छन् । सर्लाहीको कौडेना र शिवनगरमामा उनले राहत वितरण गरेका छन् । बाढी, डुबान पीडितलाई राहत बाड्दा स्थानीयको घुइँचो लागेको थियो । राहत पाएका वृद्धहरुले हमाललाई आशिष दिँदै प्रशंसा गरेका थिए ।

राहत वितरणपछि फेसबुकमा फोटो राख्दै अभिनेता हमालले सर्लाहीका सिडओ र एसपी तथा स्थानीयलाई दुःख र पीडामा हुँदा पनि न्यायो माया दिएकोमा धन्यवाद भनेका छन् ।