३० आश्विन २०८३, शुक्रबार

कागज मिलाएर करौडौं रुपियाँ झ्वाम्म

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dr-shyamraj-upretiकाठमाडौं, १७ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका निर्देशकसहित १२ जनालाई हिरासतमा लिनुका साथै मालपोत कार्यालय, कलंकीका नायव सुब्बा र कृषि अनुसन्धान परिषदका लेखा अधिकृतविरुद्ध आइतबार  विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले स्वास्थ्य सेवा विभागका निर्देशक डा श्यामराज उप्रेतीसहित १२ जनाले नक्कली कागजात पेस गरी करोडौं रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको खुल्न आएकाले उनीहरूलाई हिरासतमा लिइएको अख्तियारले जनाएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

उक्त अनियमिततामा संलग्न तत्कालीन निर्देशक डा तारानाथ पोखरेल र लेखा अधिकृत तेजप्रकाश प्रसाईं भने फरार रहेकाले खोजी कार्य भइरहेको अख्तियारले उल्लेख गरेको छ ।

युनिसेफ, विश्व स्वास्थ्य संगठन र सरकारबाट प्राप्त सहयोग रकमबाट स्वास्थ्य सेवा विभागमातहतको बाल स्वास्थ्य महाशाखाले बालबालिकालाई विभिन्न खोप लगाउने कार्यक्रम देशव्यापी सञ्चालन गर्ने क्रममा उप्रेतीसहितका कर्मचारीहरूले भ्रष्टाचार गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले उडान नै नगरी हवाई सेवा प्रयोग गरेको भनी नक्कली इटिकट पेस गरेको, फोटोकपी मेसिन नै नभएको पसलमा फोटोकपी गरेको भनी बिल पेस गरेको, हल नै नभएको ठाउँमा कार्यक्रम गरेको भनी हल भाडा लिएको, नकिनेका सामान र स्टेसनरीको बिल पेस गरेको, विभिन्न ठाउँका होटलहरूको बिलमा एकै व्यक्तिले विवरण भरेको, पेश्की फछ्र्यौटका लागि खाली बिल पेस गरेको पाइएकोसमेत उल्लेख गरेको छ ।

उप्रेतीसहितले त्यसरी नक्कली विवरण पेस गरी करोडौं रकम दुरुपयोग गरी भ्रष्टाचार गरेकाले उनीहरू पदमा बहाल रहिहँदा प्रमाण लोप गर्न सक्ने भएकाले उनीहरूलाई आइतबार नै हिरासतमा लिई थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।

अख्तियारले ललितपुरको खुमलटारस्थित कृषि अनुसन्धान परिषद मातहतको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमका लेखा अधिकृत श्रीराम श्रेष्ठ चितवनमा गाई फार्म निर्माण गर्ने ठेकेदारसँग घुस लिएकाले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

उनी ठेकेदारसँग लिएको २ लाख ५ हजार रुपैयाँसहित रंगेहात पक्राउ परेका थिए । अख्तियारले उनलाई घुस लिएको रकमलाई बिगो कायम गरी सोही बराबर थप जरिवाना र जेल सजाय गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।