३ कार्तिक २०८३, मंगलबार

किताबका लागि गायिका माइलीको नाङ्गो तस्बिर

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लसएञ्जलस । विश्वप्रसिद्ध गायिका माइली साइरसले डेविड लाशपैलको किताब ‘लास्टफाउण्ड’का लागि न्यूड फोटो खिचाएकी छिन् ।

फोटोमा माइली एक परीको रूपमा देखिएकी छन् । फोटोमा उनी न्यूड देखिएकी छिन् । तर, बास्तवमा गायिका माइलीले शरीरमा एक पारदर्शी बडीसूट लगाएर यो फोटो खिचाएकी हुन् ।

पारदर्शी बडीसूटमा पिंक कलरको क्रिस्टल लगाइएको छ । जसले गर्दा माइली फोटोमा पूरै नाङ्गो देखिएकी छिन् ।

‘लास्टफाउण्ड’ लाशपैलको दशक अगाडिको किताब हो । यो किताबमा १५० भन्दा धेरै तस्बिर रहेका छन् । ती तस्बिरहरू पहिला कहिल्यै छापिएका छैनन् ।

‘लास्टफाउण्ड’मा प्रकाशित हुने फोटोहरूमा गायिका माइली साइरसका साथै जुलियन असांजे, डेविड बोवी, नाओमी कैंपबैल, हिलरी क्लिंटन, माइकल जैक्सन, ड्वेन जोनसन, लेडी गागा, रिहाना, ऐम्बर रोज, उमा थर्मन जस्ता हस्तीहरूको फोटो पनि रहने छन् । – एजेन्सी