१ कार्तिक २०८३, आइतबार

धुर्मुस–सुन्तली फाउन्डेसनलाई राहत हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिकागो । अमेरिकाको सिकागोका नेपालीहरूले नेपालका बाढीपीडितको लागि संकलन गरिएको राहत दुई लाख रुपैयाँ रकम धुर्मुस सुन्तली फाउन्डेसलाई बितरन गरि दिन आग्रह गर्दै हस्तान्तरण गरिएको छ ।

सिकागोल्यान्ड नेपाली फ्रेन्ड्शिप सोसाइटीका पूर्वअध्यक्ष खेम पाठकले फाउन्डेसनका अगुवा कुन्जना घिमिरेलाई उक्त राहत रकम हस्तान्तरण गरेका हुन् ।

पाठकले पुरानो बानेस्वरस्थित धुर्मुस सुन्तली फाउन्डेसनको कार्यलयमा पुगेर उक्त रकम हस्तान्तरण गरेको जनाइएको छ ।

नेपालमा रहेका पूर्वअध्यक्ष पाठकमार्फत रकम हस्तान्तरण गर्ने निर्णय भएको सिकागोल्यान्ड नेपाली फ्रेन्ड्शिप सोसाइटीका वरिष्ठ उपाध्यक्ष इश्वरी पाठकले बताए ।

अमेरिकाको सिकागोमा रहेका धेरै संघसंस्थाले गो फन्डमार्फत रकम उठाएका थिए ।

रकम हस्तान्तरणका क्रममा सुधिर शर्मा लक्ष्मी पाठक, पिताम्बर भण्डारीलगायतको उपस्थिति रहेको थियो ।