न्युयोर्क । रिजवुड नेपाली समाजले आयोजना गरेको श्रीमद् भागवत महायज्ञमा प्रवासी नेपाली मन्च अमेरिकाले १ लाख ११ हज़ार १ सय ११ डलर तथा ११ सेन्ट हस्तान्तरण गरेको छ ।
करिब १ करोड़ ११ लाख १ सय ११ रूपैया बराबरको चेक रिजउड नेपाली समाजलाई महापुराणमा रकम हस्तान्तरण गरिको हो ।
महापुराणमा अहिलेसम्म सबैभन्दा ठूलो रकम चन्दा प्रदान गर्ने प्रवासी नेपाली मन्च अमेरिका भएको छ ।
महापुराणका संयोजक समेत रहेका राजेश भट्टले ७५ लाख चन्दा दिएका थिए । समाजसेवी सूर्य लम्सालले पनि ३० लाख चन्दा दिएका थिए ।
प्रवासी नेपाली मन्च अमेरिका का वर्तमान अध्यक्ष प्रभु थापाले समुदायमा हुने यस्ता कार्यक्रममा हामी कहिले पछि नपर्ने बताए ।
















प्रतिक्रिया