१५ कार्तिक २०८३, आइतबार

सेनालाई लोकसेवाको परीक्षा फलामको चिउरा

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । नेपाली सेनाको भर्ना प्रक्रिया लोकसेवा आयोगबाट हुन थालेपछि सेनामा जागिर खान र बढुवा पाउन फलामको चिउराजस्तै कठिन कार्य हुन थालेको छ ।

सेनामा सेवा प्रवेश र बढुवा प्रक्रिया दुवैमा लोकसेवा आयोगले परीक्षा लिन थालेपछि उत्तीर्ण हुने भन्दा अनुत्तीर्ण (फेल) हुनेको संख्या अत्यधिक हुने गरेको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

नेपालको संविधान २०७२ ले निजामती सेवाका अतिरिक्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सरकारद्वारा गठित सबै संगठित संस्थामा पदपूर्तिको जिम्मेवारी लोकसेवा आयोगलाई दिएपछि आयोगले सेनालगायत विभिन्न ९८ वटा संगठित संस्थामा पदपूर्ति गर्न थालेको हो । ती निकायमध्ये सबैभन्दा कम उत्तीर्ण नेपाली सेनामै हुने गरेको आयोगले जनाएको छ ।

लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको परीक्षा प्रणालीलाई आत्मसात गरेर अगाडि बढ्न सके सफलता हासिल गर्न कठिन नहुने बताउँछन् ।

‘लोकसेवा आयोग मेरिटोक्रेसीलाई मान्यता दिने संस्था हो आयोगको परीक्षामा सहभागी हुने सेनालगायत सबै पक्षले यसमा ध्यान दिने हो भने असफलता हासिल गर्नु पर्दैन’, आयोग अध्यक्ष मैनालीले भने ।सोर्सफोर्स र भनसुनबाटै सेनामा प्रवेश गरेकाहरू आन्तरिक बढुवाका लागि भएका प्रतिस्पर्धामा धमाधम फेल हुन थालेका हुन् ।

लोकसेवाले नेपाली सेनाको अधिकृत क्याडेटअन्तर्गत पछिल्लो पटक जेठ र साउन दोस्रो साता लिएको आन्तरिक परीक्षामा सहभागी भएका अधिकांश उम्मेदवार अनुत्तीर्ण भएका छन् ।

सेनाको अधिकृत क्याडेटतर्फको पदमा सुब्बास्तरका पदिक हुद्दा सहभागी भएका थिए । तर, अधिकृत क्याडेटको परीक्षामा सहभागी हुने पदिक हुद्दामध्ये अधिकांश फेल हुन थालेपछि लोकसेवालाई सेनाको आन्तरिकतर्फको अधिकृत क्याडेटमा पदपूर्ति गर्न हम्मे पर्न थालेको छ ।