२९ आश्विन २०८३, बिहिबार

भ्रष्टाचार आरोप लागेका थाइ पूर्व प्रधानमन्त्री दुबईमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैङकक (थाइल्याण्ड), ११ भदौ । चामल अनुदान परियोजनामा भएका भनिएका भ्रष्टाचारको मुद्दामाथिको सुनुवाईमा अदालतले आदेश दिनुअघि थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावात दुबई उडेको उहाँको दलले जनाएको छ ।

चामल अनुदान परियोजनामा लापरवाही गरेको आरोप लागेका शिनावात विदेश गइसकेको पार्टी स्रोतले जानकारी गराएको छ । उहाँले केही दिन पहिल्यै थाइल्याण्डबाट बाहिरिनु भएकोे शुक्रबार जानकारी गराइएको थियो । उहाँ बेलायत जाने क्रममा दुबर्य पुगेको उहाको दलका वरिष्ठ सदस्यले जनाए ।

पूर्व प्रधानमन्त्री शिनावातलाई शुक्रबार अदालतमा सुनुवाइका लागि उपस्थित हुन भनिएको थियो तर उपस्थित नभएपछि अदालतले उहाँलाई पक्राउ गर्न अदालतले आदेश जारी गरेको थियो । उहाँको धरौटी जफत गरिएको थियो ।

शिनावातविरुद्धको मुद्दामा शुक्रबार फैसला सुनाउने तयारी गरेको सर्वोच्च अदालतले फैसला अर्को महिना गर्ने जनाएको छ । उहाँ बेलायत जानेक्रममा कम्वोडिया–सिङ्गापुर हुँदै दुबई पुग्नुभएको, जुन्ता दलका एक सदस्यले बताए । दुबईमा उहाँका दाजु पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात स्वघोषित निर्वासनमा बसिरहनुभएको छ ।

उनले भने, “हामीले उहाँ क्याम्बोडिया हुँदै सिंगापुर पुगेको र त्यहाँबाट दुबईका निम्ति उडेको थाहा पाएका छौँ । उहाँ सकुशल त्यहाँ पुगेर बसिरहेको जानकारी छ ।” “उहाँ बेलायत जाने योजना छ ।”

त्यस प्रकरणमा दोषी ठहरिएमा पूर्व प्रधानमन्त्रीलाई १० वर्ष जेल सजाय हुनसक्नेछ । –एएफ्पी