– विजय थापा
न्युयोर्क । न्युयोर्कमा दुर्गा मन्दिर तथा सामुदायिक भवन बनाउन लामो समय देखि न्युयोर्क बस्दै आएका राजेश भट्टले ७५ हजार डलर (करिव ७५ लाख नेपाली रुपैया) बराबर रकमको चन्दा सहयोग गरेका छन् ।
रिजउड नेपाली समाजको पहलमा न्यूयोर्कको ज्याक्शन हाईट्स स्थित सत्यनारायण मन्दिरमा भै रहेको श्रीमद् भागवत महापुराणको दोश्रो दिन सोही पुराणका संयोजक दानवीर भट्टले त्यत्रो ठुलो राशी को चन्दा दान गरेका हुन् l
उनले आवश्यक भए सहयोगको रकम अझै बढाउने प्रतिबद्धता जनाए ।
राजेशले भने – “म न्यूयोर्कको लड्०आईल्याण्डमा बस्छु । हरेक सप्ताहान्तमा बिद्यालय पढ्दै गरेकी मेरी छोरीको साथीहरु हाम्रो ईसाई मन्दिरमा जान लागेको भन्ने गर्छन्, तर मैले वा मेरी छोरीले कहिल्यै पनि उनिहरुलाई हामी हाम्रो मन्दिरमा जान लागेको भन्न सकेनौ । मलाई सधै यो कुरा कुराले आत्मग्लानी भैरह्यो । त्यसैले रिजउड नेपाली समाजको पहलमा सबै नेपाली समुदायको सहभागितामा बन्न लागेको दुर्गा मन्दीर र नेपाली सामुदायिक भवनको लागि मैले मन खोलेर ७५ हजार डलर सहयोग गरेको हो । म यो सहयोग रकममा अझै थप्न सक्नेछु ।”
भट्टले रिजउड नेपाली समाजले जग्गा किन्दा २५ लाख (२५ हजार डलर ) दिएका थिए ।
यसै गरि दोश्रो दिन अर्का दानवीर तथा अभियन्ता सूर्यसाल लम्सालले ३०,३६५ डलर सहयोग गरेका छन् । लम्साल गैर आवासीय नेपाली संघ अमेरिकाका आगामी निर्वाचन का लागि सशक्त दाबेदार महा सचिवका उम्मेदवार पनि हुन् ।
















प्रतिक्रिया