तेह्रथुम । भाइरल ज्वरोले जिल्लामा दुई जनाको मृत्यु भएको छ ।
लालीगुराँस नगरपालिका ३ वसन्तपुर र ४ नम्बर फुलकमा दुई महिलाको मृत्यु भएको हो ।
ज्वरोले थलिएर वसन्तपुर मुसाङखेलकी ५५ बर्षीया कृष्णमाया कार्कीको शुक्रबार र फुलेककी ४० बर्षीया कृष्णमाया सुवेदीको बिहीबार मृत्यु भएको हो ।
हाम्रो समाजमा ज्वरोलाई सामान्य विराम मानेर उपचार नगर्ने चलन रहेका बेला यो घटनाले ज्वरो पनि सानो विराम होइन भन्ने देखाएको छ ।















प्रतिक्रिया