नर्थ क्यारोलिना । अमेरिकामा बढ्दो नेपाली समुदायले आ–आफ्नो बासोबास भएको स्थानमा सामुदायिक भवन निर्माणमा जुटेका छन् ।
सामुदायिक भवन निर्माणका लागि पछिल्लो एक महिनामा मात्रै पण्डित दीनबन्धु पोख्रेलले बोष्टन, नर्थ क्यारोलिनामा सात दिने श्रीमद भागवत महापुराण वाचन गरिसकेका छन् ।
न्यूयोर्कमा रिजउड नेपाली सोसाईटीको आयोजनामा भागवत पुराण शुरु भएको छ ।
ट्रायड नेपलीज् कम्यूनिटी सेन्टरले नेपाल हेरिटेज सेन्टर स्थापनाका लागि आयोजना गरेको श्रीमद् भागवत गीता महापुराण सञ्चालनबाट दुई लाख ६० हजार डलर उठेको छ ।
महापुराणबाट उठेको रकमले भवन निर्माणको काम शुरु हुने र एक वर्षमा निर्माण सम्पन्न हुने बताइएको छ ।
भवन निर्माणका लागि पुराण सकिएकै दिन पण्डित पोख्रेलबाट भवनको शिलान्यास पनि भैसकेको छ ।















प्रतिक्रिया