१ कार्तिक २०८३, आइतबार

एनआरएनए इटालीको आईसीसी सदस्यमा जोशीको उम्मेदवारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटाली । गैर आवासीय नेपाली संघ (एनआरएनए) इटालीको आईसीसी सदस्यमा हेमराज जोशीले उम्मेदवारी घोषणा गरेका छन् ।

वर्तमान कार्यसमितिका उपाध्यक्ष रहेका जोशीले आगामी अगष्ट २७ मा हुने एनआरएनए इटालीको अधिवेशनमा आईसीसी सदस्यतर्फ आफ्नो उम्मेदवारी दिएका हुन् ।

धन र बलका आडमा एनआरएनए कब्जा गर्न खोज्नेहरुका विरुद्ध आफ्नो उम्मेदवारीको घोषणा भएको उनले बताएका छन् ।

को हुन् जोशी ?

इटालीको रोम शहरमा सन् २००९ बाट सामाजिक क्षेत्रमा कसैलाई भेदभाव नगरी स्वच्छ भावपूर्ण रुपले आफ्नो कार्यशैलीलाई अगाडि बढाउँदै कर्ममा विश्वास गर्ने एक व्यक्ति हुन् हेमराज जोशी । ‘खास खास उद्देश्य प्राप्तिको लागि विशुद्ध सामाजिक संस्थाको रुपमा सामूहिक सहभागितासहितको उत्तरदायित्व बहन गर्ने जोशी एनआरएनमा लामो समयदेखि आबद्ध छन् । विदेशी यात्रामा झण्डै एक दशक पार गरिसकेका जोशीले युरोपको प्रायजसो देशहरुमा गएर बास्तविकता बुझी नेपालीहरुको पीडालाई आफ्नो पीडा सम्झी नेपाल र नेपालीहरु प्रति दायित्व पुरा गर्ने अठोट लिएका छन् ।

एनआरएनए इटालीको वर्तमान कार्यसमितिमा उपाध्यक्ष पदमा रहेका उनले नेपालमा गएको विनाशकारी भूकम्पका पीडित बालबालिकाहरुको सहयोगी पात्रको रुपमा परिचित भएका छन् । उनबाट यस्ता थुप्रैले सहयोगी हात र साथ पाइरहेका छन् ।

सामाजिक क्षेत्रमा क्रियाशील जोशी भन्छन्, एनआरएनए श्रमदाता र श्रमजीबी दुवै बर्गको हुनुपर्छ न कि पैसाको बलमा नेपालमा लगानी गर्ने नाममा उल्टै नेपालबाट नै कालो धन विदेशमा ल्याउनेहरुको ।

यसकारण आगामी कार्यकाल (२०१७–२०१९) को लागि आफ्नो अमूल्य मत दिएर सेवा गर्ने अवसर दिन सम्पूर्ण इटालीबासी नेपालीलाई अनुरोध गर्दछन् जोशी ।