३ कार्तिक २०८३, मंगलबार

यी हिरोइन, जसका पतिले तीनपटक तलाक भनेपछि सम्बन्ध विच्छेदको सिकार बनिन्

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । भारतीय इतिहासमा पहिलोपटक सर्वाेच्च अदालतले भर्खरै मुसलमान समदायको पुरानो प्रचलन तीन तलाकलाई अवैध ठहराएको छ ।

यो यस्तो परम्परा थियो जसको माध्यमबाट मुस्लिम पुरुष एक साथ तीन तलाक भनेर तुरुन्तै तलाक (डिभोर्स) लिनसक्थे । अनगिन्ती महिलाहरु इसको शिकार बनेका थिए । तर, धेरैलाई थाहा नहुन सक्छ कि बलिउडकी चर्चित अभिनेत्री मिना कुमारीले पनि यो परम्पराका कारण समस्या झेल्नुपर्यो ।

बलिउडमा ‘ट्रैजिडी क्वीन’को पहिचान बनाएकी मीना कुमारी उर्फ ‘महजबीन बानो’ले फिल्म निर्माता कमाल अमरोहीसँग इस्लामिक रीति रिवाजअनुसार विहे गरेकी थिइन् ।

तर, चाँडै उनीहरुमा असमझदारीको स्थिती पैदा भएर एकदिन कमालले रिसको आवेगमा मीनालाई तीन पटक तलाक भनिदिए र दुबैको विहे टुट्यो । मीना कुमारी यस घटनाबाट निकै दुःखी थिइन् र अन्तिममा उनी डिप्रशनको सिकार भइन् ।