२९ आश्विन २०८३, बिहिबार

हाँसको अन्डाभित्र दुई चल्ला

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन । एउटा रोचक कुरा छ, हाँसको अन्डाबाट दुई चल्ला कोरलिएको छ । एक महिला इन्क्युबेटरमा राखिएका हाँसका अन्डामध्ये एक अन्डाबाट दुई चल्ला कोरलिएपछि अचम्ममा परेकी छन् ।

रोचक त के छ भने एउटा अन्डाबाट निक्लिएका जम्ल्याहा चल्ला एकापसमा शरीर जोडिएका छन् । क्यानडाको एम्बर ब्रान्नेन परिवारले पहिलोपटक नोभा र स्कटिया नाउँका जोडी हाँस पालेका थिए ।

द भ्यानगर्डसँग कुराकानी गर्दै ब्रान्नेनले ‘मैले बेलायतमा एक धनीको हाँसबाट यस्तै जम्ल्याहा चल्ला पाएको थाहा पाउँदा निकै रमाएकी थिएँ तर आफ्नोमै जम्ल्याहा हाँस पाउँदा झन् दंगदास छु,’ भनेकी छन् ।

आफ्नोमा जम्ल्याहा हाँस जन्मिएपछि उनी त्यस्तै जम्ल्याहा चल्ला हुने धनीहरूसँग फेसबुकमा जोडिएकी छन् र आफ्ना चल्लाहरुको तस्बिर सेयर गर्दै आएकी छन् ।

जम्ल्याहा चल्ला जन्मिएको यो पहिलो पटक भने होइन् । गत २००९ मा बेलायतमा एउटै अन्डाबाट जम्ल्याहा कोरलिएका थिए र उनीहरू सकुशल बाँचेका पनि थिए । – एजेन्सी