काठमाडौं, १६ कात्तिक । सर्वोच्च अदालतको फेसलाललाई आफू अनुकूल ब्याख्या गर्दै सम्बन्धन लिन मेडिकल कलेजहरूले पुनः दबाब दिन थालेका छन्।
सर्वोच्च अदालतले काठमाडौं नेसनल कलेजले दायर गरेको मुद्दामा गत भदौ ३१ गते फैसला गर्दै सम्बन्धन दिने विषयलाई कानुनबमोजिम निर्णय गर्न परमादेश दिएको थियो।
तत्कालिन प्रधानन्याधीश दामोदर शर्मा र न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले गरेको फैसलामा सम्बन्धनका विषयमा यथा समयमा निर्णय नगरी राख्नु वैध अपेक्षाको विपरित हुने हुनाले शैक्षिक सत्र सूरू हुनु अगावै सम्बन्धन दिने विषयमा कानुन बमोजिम निर्णय गर्नू भनिएको समाचार आजको नागरिक दैनिकले छापेको छ ।
काठमाडौं नेशनलका सञ्चालकहरूले त्रिवि, आइओएस नेपाल मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए।
निजी क्षेत्रका काठमाडौं नेसनल, मनमोहन मेडिकल कलेज, पिपल्स मेडिकल कलेज, तथा डेन्टल कलेज त्रिवि अन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानको सम्बन्ध पर्खेर बसेका छन्।
उनीहरूले सम्बनधनका लागि आइओएमलाई दबाब दिन छाडेका छैनन् ।















प्रतिक्रिया