३० आश्विन २०८३, शुक्रबार

उग्रचण्डीलाई पसिना आयो, अनिष्टको संकेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

palanchow-bhagwatiकाठमाडौं, १६ कात्तिक । काभ्रेको उग्रचण्डी नाला ४ मा रहेको उग्रचण्डी भगवतीको शिलामा पसिना आएको छ। शनिबार दिउँसो एक बजेबाट भगवतीको शिलामा पसिना आएको मन्दिरका पुजारी सिद्धिबहादुर कर्माचार्यले बताए।

शनिबार दिउँसो पहिलोपटक भगवतीको दर्शन गर्न आएकी ललितपुर कुसुन्तीकी मैयादेवी गेलाल भगवतीको शिलामा पसिना आएको देखेपछि काम्न सुरु  गरेकी थिइन्।

महिला कामेको देखेपछि मन्दिरमा हेर्दा भगवतीको शिलामा पसिना चुहिरहेको देखिएको स्थानीयवासीले बताएका छन्।

भगवतीको शिलामा पसिना आएपछि स्थानीय त्रसित भएका छन्।

नेपाल संवत् ७२१ मा नाला भगवतीको शरीरबाट रगत बगेको शिलामा उल्लेख रहेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

भगवतीको मूर्ति ११ सय वर्ष पुरानो हो। भगवतीको टाउको र हातबाहेक शरीरका अन्य ठाउँबाट पसिना आएको छ।

काम्ने क्रममा गेलालले हाल मन्दिरमा बली दिएको स्थानमा नागको शिर रहेको र त्यस स्थानमा बली दिन नहुने बताएकी थिइन्।

सयौं वर्ष पुरानो भगवतीको मूर्तिमा अहिलेसम्म पसिना आएको आफूहरूलाई थाहा नभएको पुजारी कर्माचार्यले बताए।

सुरुमा मन्दिरको शिलालेखमा तपतप पसिना चुहिए पनि पछि भगवतीको शरीरका विभिन्न स्थानबाट पसिना चुहिएको स्थानीय श्याम सापकोटाले बताए।

भगवतीको मूर्तिमा पसिना आएपछि स्थानीयले अशुभ हुनसक्ने अनुमान गरेका छन्।

भगवतीलाई पसिना आएपछि स्थानीय र मन्दिरका पुजारीले अशुभ हुन नदिन क्षमापूजा र भाकल गरेका छन्।