१ कार्तिक २०८३, आइतबार

एनआरएनए घानाको अध्यक्षमा पदम रानामगर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आकरा, घाना । गैर आबासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती घानाको तेश्रो वार्षिक साधारण सभा हिजो घानाको आकरामा सम्पन्न भएको छ । संघका अध्यक्ष मीन मगरको सभापतित्वमा संचालित सभाले बर्ष २०१७- २०१९ का लागि पदम राना मगरको अध्यक्षतामा नयाँ कार्यसमितीको सर्बसम्मत रुपले चयन गरेको छ ।

समितीमा जगन्नाथ पाठक उपाध्यक्ष, बालकृष्ण निरौला महासचिव, बिकास सुवेदी सचिब र कपिल खराल  कोषाध्यक्ष चुनिनु भएको छ ।

त्यसै गरि सन्जना बुढामगर महिला संयोजक र रोशन श्रेष्ठ युबा संयोजक चुनिनु भएको छ । समितीको सदस्यहरुमा मनोरथ खडका, बैकुण्ठ  पौडेल, युबराज भट्टराई, सुनिल चौधरी र शेरबहादुर खडका रहनु भएको छ ।