३० आश्विन २०८३, शुक्रबार

गगन थापाको बुद्धि आएकै हो ?

86.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– पशुपति जिसी

हिजो (आइतबार) नेपाली कांग्रेसका युवा नेता गगन थापाले एमालेबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो घरमा मतदाता नामावली संकलन गरेको कुरालाई संसदमा उठाए । उनले उठाएको यो कुरालाई भिडियोमार्फत मैले प्रत्यक्ष हेर्न पाएँ । यहाँनेर एमालेले गलत गरेको छ भने गलत कुराको विरोध गर्नु ठीकै हो । यसको बारेमा छानबिन होस्, दोषी भेटिए कारबाही पनि होस् ।

तर, गगन थापाले संसदमा बोल्दै गर्दा मलाई हिन्दीमा रहेको एउटा वाक्य ‘मेरे दाग अच्छे है’ भन्ने शब्दको याद आयो । अहिले संसदमा बोलिरहेका तिनै गगन थापा हुन त ? जसले आफै मन्त्री भएको समयमा निर्वाचन आचारसंहिता उल्लंघन गरेका थिए ।

यी तिनै गगन थापा हुन ? जसको पार्टीको गठबन्धनलाई जिताउनको लागि मतपत्र च्यातिन्छ, त्यतिबेला यो गलत भयो भनेर एक शब्द बोल्न सक्दैनन् । तिनै गगन थापा हुन ? जस्को पार्टी र नेताले नाकाबन्दीको ‘न’ उच्चारण गर्न पनि खुट्टा कमाउने गर्थे । तिनै गगन थापा हुन ? जसले भारतबिना नेपालमा केही सम्भब छैन भन्थे । जेहोस, ढिलो भएपनि बुद्धि आएकै हो जसले गलत कदमको विरुद्धमा आवाज उठाए ।

उनले अहिले उठाएको आवाज आफ्ना दाग धुलाउने हेतुले मात्रै उठाएका हुन, या आफ्ना दाग राम्रा हुन भन्न खोजेका हुन, बुझ्न अप्ठ्यारो छ । यदि गलतको विरुद्ध आवाज उठाउने गगन थापा हुन भने आफ्नो पार्टी, पार्टीको गठबन्धन र आफैले पनि गरेका ‘अपराध’लाई स्वीकार गर्थे, र आवाज उठाउने थिए । गल्ती जसले गरेपनि गल्ती हो, गलत गरेकोले सजाय पाउनुपर्छ, किन गलतको विरुद्ध आवाज उठायौ भन्न खोजेको हैन, भन्न यतिमात्र खोजेको हो ‘मेरा दाग राम्रा छन’ नभनौं भनेको हो ।

(लेखक प्रवासी नेपाली मञ्चसँग आबद्ध छन् ।)