भियना (अष्ट्रिया), ४ भदौ । अष्ट्रियामा एक भब्य भोज कार्यक्रम भएरहेको समयमा भोजनस्थलमा घेरिएको टेन्टमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले शनिबार जारी गरेको विज्ञप्तिमा भोजस्थलमा भएको आगलागीमा दुई जनाको मृत्यु भएको र भने १२० जना घाइते भएका बताइएको छ । आगोले भोजस्थलमा रहेको टेन्टको अधिकांश भाग डढेको छ ।
अष्ट्रियाको उत्तरमा रहेको सान्कट जोहान एम वाल्डेमा भोज भइरहेको समय शुक्रबार राति करिब ६५० जना घटनास्थलमा रहेका बताइएको छ ।
भोजमा आनन्द लिइरहेका पाहुना बसेकोस्थल बरपरबाट एक्कासी आगोको लप्का आएपछि कतिपय भाग्ने क्रममा एकले अर्कोलाई कुल्चिँदा घाइते भएका बताइएको छ । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको विज्ञप्तिमा जनाएकोे छ । –एएफपी















प्रतिक्रिया