काठमाडौं । विश्वकर्मा समुदायका युवतीहरूको प्रतिभा प्रष्फुटन गर्ने उदेश्यले आयोजना गर्न लागिएको मिस विश्वकर्मा इन्टरनेशनलको फाइनलका लागि ८ सुन्दरी छानिएका छन् ।
सेमिफाइनलमा जम्मा १७ प्रतियोगितबाट ८ जना प्रतियोगी छानिएका हुन् । फाइनल यहि आउदो ८ सेप्टेम्बरमा कतारमा हुने आयोजकले जनाएको छ ।
उत्कृष्ट उत्तर दिनेहरुमध्येबाट जम्मा ८ प्रतियोगी छानिएका हुन् । छानिनेमा निलम गजमेर, सुजता खाती, सोनु बिश्वकर्मा, सुशीला लाम्घारे, पुष्पा राम्धाम, रुस्मा पर्टेल, मनीषा गजमेर र सिर्जना बिश्वकर्मा रहेका छन् । सुगारिका केसी, राम सिटौला, शुभेच्छा थापा, दिवस उप्रेती लगायत निर्णायक मण्डलमा छन् ।
आयोजक संस्था मोनाली इन्टरटेन्मेन्टकाका अध्यक्ष दीपक बराइलीले दिएको जानाकारी अनुसार नेपालबाट ६ सेप्टेम्बरमा आयोजक तथा प्रतियोगित टिम गरी जम्मा ३० जनाको टिम कतार प्रस्थान गर्नेछ ।















प्रतिक्रिया