२९ आश्विन २०८३, बिहिबार

युवा संघका अध्यक्ष पहारी भन्छन्- सरकारलाई तराईभन्दा विहारको चिन्ता छ (भिडियो)

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युवासंघ नेपालका अध्यक्ष राजीब पहारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालको भन्दा पनि बिहारको चिन्ता भएकाले कोशी बाँधको ढोका नखोलिएको र त्यसैकारण तराई डुवानमा परेको बताएका छन् ।

बुधबार राजधानीमा पत्रकार सम्मेलनमा बोल्दै ‘अहिले हाम्रो देशमा सरकार छ कि छैन भन्ने शंका उत्पन्न भएको छ’ पहारीले भने, ‘प्रधानमन्त्री राहत कोषमा २ अर्ब रुपैयाँ छ तर, बाढी पीडितले अहिलेसम्म सरकारका तर्फबाट राहत पाएका छैनन् ।’

उनले बाढी प्रभावित क्षेत्र डुवानमा परेपछि कोसी बाँधका सबै ढोका खोलिदिन गरेको आग्रहलाई पनि भारतले नटेरेको बताए । ‘सरकारलाई नेपालको भन्दा बिहारको चिन्ता छ, सरकारका मन्त्री भन्छन्– किनभने कोशीका सबै ढोका खोल्दा विहार डुब्छ रे’ पहारीले भने, ‘लाज लाग्नुपर्ने हो, यहिँका जनताले दिएको मानो खाएका मन्त्रीलाई कुर्सीमा बस्ने नैतिक अधिकार छैन ।’

हेर्नुस् भिडियोः