१ कार्तिक २०८३, आइतबार

प्रवासबाट पनि बाढीपीडितको राहतका लागि जुट्यो एमाले

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कतार । बाढी, पहिरो र डुबानबाट प्रभावित भएका क्षेत्रहरुमा नेकपा एमालेले आफ्ना जनसंगठनहरूलाई उद्धार तथा राहतको लागि खटाइसकेको छ ।

बाढी पहिरोबाट पिडितहरुलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले प्राकृतिक विपत्ति राहत कोष’ स्थापना गर्दै, एमालेले देश तथा प्रवासमा रहेका सबै पार्टी कमिटी, जनसंगठनहरु, शुभचिन्तक लगायत सबै सहयोगदाताहरुलाई आफूले सक्दो आर्थिक सहयोग उक्त प्राकृतिक बिपत्ति राहत कोषमा जम्मा गर्न अपिल गरेलगत्तै एमालेका जन संगठनहरु सक्रिय भएका छन् ।

सप्तरीमा युवा संघ र भूमिहीन सुकुम्बासी संगठन, सिराहामा अनेरास्ववियु, धनुषामा अखिल नेपाल महिला संघ, महोत्तरीमा लोकतान्त्रिक मधेसी संगठन र आदिवासी महासंघ, सर्लाहीमा अखिल नेपाल किसान संघ, रौतहटमा बुद्धिजिवी परिषद् र मानवअधिकार एलाइन्स, बारामा खेलकुद महासंघ, पर्सामा जिफन्ट, झापामा जनसाँस्कृतिक महासंघ र मुक्ति समाज, मोरङमा पेसागत महासंघ, सुनसरीमा उद्योग वाणिज्य र कानुन व्यवसायी, बर्दियामा भूपू सैनिक संघ, बाँकेमा मानवअधिकार एलाइन्स, र कपिलबस्तुमा मुस्लिम इत्तेहाद संगठन र लोकतान्त्रिक अपांग संघ, स्थलगत राहतमा खटिएका छन भने प्रवासमा पनि भारत मा प्रवासी नेपाली संघ भारत राहत संकलनमा जुटेको छ ।

त्यस्तै, अन्य देशहरूमा पनि प्रवासी नेपाली मञ्चहरु राहत संकलन कार्यमा जुटेको प्रेस बिज्ञप्ति मार्फत बताएका छन । प्रवासी नेपाली मञ्च युएई, कतार, साउदीअरब, ओमान, बहराइन, इजरायल, दक्षिण कोरिया, र अष्ट्रेलिया लगायतले प्रेस बिज्ञप्ति जारी गर्दै राहतको अभियानमा जुटेको बताएका छन । प्रवासी नेपाली मञ्चहरुले विभिन्न देशहरूबाट राहत संकलन गरि नेकपा एमालेद्वारा स्थापना गरिएको प्राकृतिक विपत्ति राहत कोषमा पठाउने बताएका छन् ।