३० आश्विन २०८३, शुक्रबार

अठार प्रतिशतले नेपाली प्रहरीलाई विश्वास गर्दैनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Policeकाठमाडौं, १५ कात्तिक । अझै पनि प्रहरीसेवालाई सर्वसाधारणले पूर्ण रूपमा विश्वास गर्दैनन्। गत असार १९ देखि साउन १५ सम्म नेपाल प्रहरीले सेवाग्राहीको धारणा बुझ्न गरेको अध्ययनले सर्वसाधारणले अझै पनि प्रहरी सेवा भरपर्दो नभएको बताएको देखाएको छ।

प्रहरीले ६३ जिल्लाका एक हजार ६ सय ५८ जना सेवाग्राहीको धारणा लिएको थियो। तीमध्ये १८ प्रतिशले प्रहरीप्रति अनविश्वास प्रकट गरेका छन्।

उनीहरूले अझै पनि प्रहरीले सेवाग्राहीलाई चुस्त सेवा दिन नसकेको, घूस लिने प्रवृत्ति कायमै रहेको र शिष्ट हुन नसकेको बताएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

प्रहरी मुख्यालयले शुक्रबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा प्रहरीको दैनिक कार्यसम्पादनमा समेत सर्वसाधारणले असन्तुष्टि जनाएको पाइएको छ।

प्रहरीबाट काम लिन राजनीतिक दलका नेताबाट भनसुन गराउनुपर्ने र घूस नदिई काम नहुने भन्दै सेवाग्राहीले प्रहरीको भूमिकाप्रति असन्तुष्ट जनाएका छन्।

प्रहरी प्रवक्ता डीआईजी माधव जोशीले विगतको तुलनामा समाजमा प्रहरीको छवि सुध्रँदै गएको दाबी गरे।

सेवाग्राहीले दिने जाहेरीमा कारबाहीका लागि प्रहरीले छिटोछरितो गर्ने प्रयास गरे पनि सर्वेक्षणले झन्डै आधा प्रभावकारी नभएको देखाएको छ।