३० आश्विन २०८३, शुक्रबार

एमाओवादीका तल्ला कमिटीले केन्द्रीय सदीयलाई कारबाही थाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi Flagकाठमाडौं, १४ कात्तिक । पार्टी नेताकै उक्साहट र सम्लग्नतामा जिल्ल तहमा समानान्तर समिति निमार्ण हुन थालेको भन्दै एकीकृत माओवादीका तल्ला कमिटीहरुले केन्द्रीय सदस्यलाई कारबाहीका सिफारिस गर्न थालेका छन् ।

आन्तरिक विवाद समाधानका लागि कात्तिक २४ देखि केन्द्रीय समितिको बैठक बस्ने टुंगो लागेपछि संस्थापन र असन्तुष्ट पक्ष कारबाहीको माग गर्दै दबाबमा उत्रिएका छन् ।

अहिलेसम्म संस्थापन पक्षले भट्टराई पक्षीय नेतृ हिसिला यमी, गंगानारायण श्रेष्ठ, सोनामसिंह स्याङतान र रामरिजन यादवलाई कारबाहीको सिफारिस गरेको समाचार आजको राजधानी दैनिकले छापेको छ ।

त्यस्तै भट्टराई पक्षले नारायण दाहाल, हितबहादुर तामाङमाथि कारबाहीको माग गरेको छ ।