वाशिंगटन डिसी । ब्रम्हाण्डकै सवै राष्ट्रमा खुलिसकेको डेटिङ्ग साइट अर्थात् जोडी तिथि निर्धारण स्थल अमेरिकाका युवा नेपालीले पनि संचालनमा ल्याएका छन् ।
लामो समयदेखि डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका प्रतिभाशाली युवाको पहलमा तिथि निर्धारणस्थल खोलेका छन् ।
बिश्वब्यापी रुपमा अन्य देशमा पहिलादेखि नै संचालनमा आएता पनि नेपालीहरूको चाहनालाई मध्य नजर गर्दै नेपलिज जोडी नामक नेपाली डेटिङ्ग साइट खोलिएको संचालकले बताएका छन् ।
यसमा प्रवेश गर्ने कसैले पनि कुनै आर्थिक कारोबार गर्नु पर्ने छैन भने प्रारम्भिक चरणमा निःशुल्क रुपमा संचालनमा आएको छ ।
















प्रतिक्रिया