१ कार्तिक २०८३, आइतबार

नेपालका बाढी पीडितलाई एएनएमएफले सहयोग गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

वाशिंगटन डिसी । अमेरिका नेपाल मेडिकल फाउन डेसन (एएनएमएफ)ले नेपालमा गएको बाढी पीडितको सहयोगार्थ चिकित्सा सहायताको साथै जनस्वास्थ्य सम्बन्धि सहयोग गर्ने उद्देश्यले कोष वृद्धि सुरुवात गरेको छ ।

नेपालमा भएको ठूलो धनजनको क्षति भएको भन्दै संस्थाले बोलाएको कार्यकारी समितिको बैठकले क्षतिग्रस्त तथा पीडित परिवारलाई सहायता गर्ने निर्णय गरेको छ ।

छिटोभन्दा छिटो राहत तथा सहयोग पुगाउने उदेश्यले भेला भएको बैठकले ४ ५ हजार संकलन गरी सकेको छ । एक कार्य दल पनि निर्माण गरेको संस्थाका उपाध्यक्ष डा सन्तोष सापकोटाले बताए ।

सन् १९९७ मा नेपाली मूलका चिकित्सकको प्रयास तथा नेपाललाई माया गर्ने अमेरिकन चिकित्सकहरूको पहलमा स्थापाना भएको अमेरिका नेपाल मेडिकल फाउनडेसनका संस्थापक अध्यक्ष डा अर्जुन कार्की हुन् ।