काठमाडौँ, १४ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको अगुवाइमा ‘सनातन हिन्दुराष्ट्र पुनस्थापना महाअभियान’ गठन भएको छ ।
२५ सदस्यीय उक्त समितिमा खड्काले सभासददेखि कांग्रेसका केन्द्रीय सदस्यसम्मलाई अटाएका छन् । उक्त समितिको सह संयोजकमा लक्ष्मणप्रसाद घिमिरे छन् भने सदस्य सचिवमा अधिवक्ता कुमार रेग्मी छन् ।
बालुवाटारस्थित नेपाल हाउस रेष्टुरेन्टमा शुक्रबार आयोजना गरेको भेलाले सदस्यहरुमा पूर्वसभामुख तारानाथ रानाभाट, सभासद सूवर्ण जुहार्चन र केन्द्रीय सदस्य पुष्पा भुसाल र नवलपरासी सभापति देवेन्द्रराज कँडेललाई समावेश गरेको छ ।
अन्य सदस्यमा चीरञ्जीवी वाग्ले, शिवराज जोशी, दुर्योधनसिंह चौधरी, चन्द्र केसी, रविन्द्रलाल श्रेष्ठ, रामजीवन सिंह, भोला थापामगर, नारयण कोइराला, सियाराम राय यादव, लोकेश ढकाल, देवप्रकाश त्रिपाठी, कृष्ण लामा, डा. मीठाराम बिक, खेमराज सेढाइँ, देवीप्रसाद न्यौपाने, रमेशजंग रायमाझी र मानबहादुर रावल छन् ।
अभियानले कात्तिक २० गते प्रज्ञाभवन कमलादीमा राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गरेको छ ।















प्रतिक्रिया