२९ आश्विन २०८३, बिहिबार

अमेरिकन चुनाबमा नेपालीहरुको यस्तो देखियो शक्ति प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1
भर्जिनिया । अमेरिकामा आगामी नोवेम्बर ४ तारिखमा हुदै गरेको निर्वाचनमा नेपाली समुदायलाई लक्षित गर्दै आफ्नो पक्षमा मत ल्याउन उम्मेद्वारहरु चुनाब प्रचार प्रसारको संघारमा नेपाली समुदायसँगको भेटघाटलाई तीव्र पार्दै नेपालीहरुको आवाजलाई क्यापिटल हिलमा पुर्याउने भएका छन् । 6

बिगत एक दशकदेखि डिसी महानगर क्षेत्रमा नेपाली समुदायको जनघनत्व बिजगणतीय रुपमा बढी रहेको छ ।  बुधबार साँझ डिसी महानगर क्षेत्र १० का डेमोक्राटिकका उम्मेदवार जन फाउस्टसँग राखिएको भेटघाट कार्यक्रममा यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले शक्ति प्रदर्शन गरि उम्मेदवारलाई आश्चर्य चकित बनाई दिए ।
5
छोटो समयको सुचना तथा सप्ताह मध्यमा कार्यक्रमको चाजो मिलाइएको भएता पनि नेपाली समुदाय स्वत स्फ्रुत रुपमा कार्यक्रममा उम्मेदवारलाई नेपाली समुदायको आवाज व्हाइट हाउस सम्म पुर्याउने हेतुले अनुमान गरिएको भन्दा तीन दोब्बर नेपालीहरु जम्मा भएका थिए ।
डेमोक्राटिकका उम्मेदवार जन फाउस्ट लाई भेट्न उक्त सभा कक्ष भरि भराउ भएको थियो भने नेपाली मतदाताहरु उभिनु परेको थियो ।

डेमोक्राटिकका उम्मेदवार जन फाउस्ट नेपालीहरुको यत्रो समुदाय होला भनी कल्पना पनि नगरेको भन्दै भर्जिनियामा बिबिध आप्रवासी समुदायहरु छन् भन्दै नेपालीहरुसँग मिलेर काम गर्ने बताए ।

उनले आफ्ना गरेका कामहरुको बारेमा प्रकाश पार्दै हामीलाई आप्रवासन पद्धति आवश्यक हुन्छ भन्दै आप्रवासन पद्धति सुधार पनि गर्दै लैजानु पर्ने छ भन्दै अल्प संख्यकहरुलाई सुरक्षित गर्नु पर्ने कुरामा जोड दिए । आयोजकको तर्फबाट समाजसेवी प्रेम संग्रौलाले जन फाउस्टलाई जिताउनको लागि तयार भएको भन्दै आफ्ना आवाज संसदमा पुर्याउन आग्रह गरे ।

4

भर्जिनिया राज्यका लाउडन काउन्टी डलस जिल्लाका डेमोक्र्याटिक दलका सभापति तथा लेखा परीक्षक हरि शर्माले जन फाउस्टरलाई जिताउनु पर्ने कारणसहित  बिगतमा उनले गरेका कामहरुको क्रमबद्ध रुपमा ब्याख्या गरेका थिए । भर्जिनियाका लागि सिनेटरका उम्मेदवार मार्क वार्नर अनुपस्थिति रहेकोले उनको संदेश प्रतिनिधि मार्फत सुनाईएको थियो ।

3

भर्जिनिया लाउडन काउन्टी डेमोक्र्याटिक की  सभापतिले नेपालीहरुको समुदाय निक्कै ठुलो भएकोमा खुशी ब्यक्त गर्दै चुनाब निक्कै प्रतिस्पर्द्धा छ भन्दै घर दैलो अभियान चलाउनु पर्ने बताइन  । केवल ४ दिनमा आमुल परिवर्तन हुने छ भन्दै उनले नेपाली समुदायलाई घर दैलो अभियान चलाउन आग्रह गरिन ।

2

उक्त भेटघाट कार्यक्रममा नेपाली समुदायले आर्थिक सहयोग स्वरुप चन्दा पनि दिएका थिए । अतिथि तथा उम्मेदवार जन फाउस्ट तथा उनकी श्रीमतीलाई चुनाबमा शुभ साईत स्वरुप बिजयीको शुभकामनाको शुभकामना दिदै नेपाली महिला चेलीबेटीले खादा लगाई दिएका थिए ।

7

उक्त कार्यक्रममा नेपालकी ख्याती प्राप्त गायिका मिरा राणासमेत जन फाउस्टलाई भेट गर्न आएकी थिइन् ।  कार्यक्रममा अमेरिकन राष्ट्रिय गीत प्रकृति देउजाले गाएकी थिइन् भने उम्मेदवारले नेपाली चेलीलाई स्याबासी दिएका थिए ।