१ कार्तिक २०८३, आइतबार

एनआरएन जर्मनीमा यज्ञराज सुवेदीको उम्मेदवारी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हामबर्ग । गैरआवासीय नेपाली संघ (एनआरएन) जर्मनीको अध्यक्षमा यज्ञराज सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् ।

यहि अगस्ट १५ मा हामबर्ग सहरमा एनआरएन0 जर्मनीको आसन्न अधिवेशनबाट आगामी २ वर्षको लागि नयाँ कार्यसमितिको निर्माण हुनेछ ।

स्थापनाकालदेखि नै एनआरएन जर्मनीको संगठनिक संरचनामा रही आफ्नो भूमिका सफल रुपमा निर्वाह गरेका सुवेदीले नेपालमा पनि शिक्षा स्वास्थ्यलगायत भूकम्पपछि चितवन कविलासमा ७० घर पुनःनिर्माणको क्षेत्रमा उल्लेख्य सहयोग निरन्तर जारी राखेका छन् ।

सबै तह र तप्काका नेपालीको अपनत्व हुनेगरी एनआरएन अभियानलाई अझ सशक्त रुपमा अगाडि बढाउने र एनआरएन जर्मनीलाई एक उदाहरणीय एकाईको रुपमा विश्व मञ्चमा प्रस्तुत गर्ने उद्देश्य प्राप्तिको लागि आफ्नो प्रतिबद्धता प्रष्ट परेका छन् ।

एनआरएनए जर्मनीको आगामी कार्यकाल(२०१७–२०१९) का लागि यज्ञराज सुवेदीको उम्मेदवारी किन ?

१)  एनआरएनए जर्मनीलाई सबै वर्ग र समुदायको साझा संस्थाको रुपमा स्थापित गर्न।

२) “नेपालीका लागि नेपाली” भन्ने संस्थाको मूल उद्देश्यलाई ब्यवहारिक रुपमा ग्रिहकार्य गर्न, अनुभूति  दिलाउन।

३) समाजका हरेक क्रियाकलापमा सद्भावसहितकोअभिभावकत्व प्रदान गर्दै एनआरएनए जर्मनीलाई सुख- दु:खको साथी बनाउन।

४) सबैखालका संस्थागत पारदर्शितालाई पहिलो प्राथमिकता दिन।

५) हाम्रो संस्था एनआरएनएका सम्पूर्ण कार्यपद्दति विधानसंगत र सामुहिक जिम्मेवारी बहन गर्ने विधिको विकास गर्न ।

६) पुराना र नयाँ पुस्ताबिच सम्पर्क र सहकार्य गर्दै नयाँपिंढीलाई अभिभावकत्व प्रदान गर्न ।

७) बहुसांस्कृतिक परिवेशमा हुर्कदै गरेका बालबालिकाहरुलाई क्षेत्रिय, स्थानिय स्तरमा नेपाली भाषा, संस्कृतिसम्बन्धि सामाजिक शिक्षा संचालन गर्न ।

८) नेपाली कला र सांस्कृतिक पहिचानसहितको पर्यटन प्रवर्द्दनको लागि जर्मनीका विभिन्न शहरहरुमा नगरस्तरीय कार्यक्रमहरु आयोजना गर्न ।

९) एनआरएनए जर्मनीलाई अध्ययनरत बिद्दार्थी एवंAu – Pair हरुको दु:ख  सुखको साथी बनाउन ।

१०)   देशबिदेशमा संघर्षशील दिदीबैनीहरुमाझ थप उद्दमशीलताको लागि पहल गर्न ।

११) जर्मनीमा रहेका राष्ट्रिय- अन्तर्राष्ट्रिय संघसंस्थाहरुसंग सहकार्य गर्दै नेपाल र नेपालीका हितका निम्ति कार्यक्रमहरु ल्याउन ।

१२) नेपाल र नेपालीहरुका विभिन्न विषयमा ज्ञान हासिल गरेका, नेपाललाई कार्यक्षेत्र र कर्मक्षेत्र बनाएका जर्मन नागरिकहरुको खोजि गरि तिनको सिप र अध्ययनलाई नेपालको हितमा सदुपयोग गर्न ।नेपालका विषयमा हुने कार्यक्रममा तिनलाई स्रोतब्यक्तिका रुपमा निम्त्याएर तिनले लिएको ज्ञान बाँड्नलिन।

१३) एनआरएनए जर्मनीलाई समयअनुकूल परिचालन गरि प्रशासनिक ढंगलेपनि सबल बनाउनुपर्नेभएकाले यो संस्थालाई सबैका माझ स्थापित र सक्रिय बनाउन एनआरएनए जर्मनीको एकसचिवालय स्थापना गर्न ।

१४) नेपालमा घट्ने अप्रत्याशित दूर्घटना र बिपत्तीका बेला जर्मनीका प्रमुख शहरहरुमा तत्कालै समितिहरु निर्माण गरि सहयोगका अभियान सञ्चालन गर्न ।

१५) एनआरएनएकोकेन्द्रियस्तरमाहुनेछलफल, निति, योजना र संलग्नताका विषयमा राष्ट्रिय समन्यव परिषदका तर्फबाटपनि सक्रिय सहभागिता र संलग्नताको स्थानका लागि आवाज उठाउन, पहल गर्न।

१६) हरेकयोजना, काम, कार्यविधीहरु तयार गर्दा ब्रिहद छलफल, साझेदारी र सहमतिका आधारमा अगाडि बढ्न।

१७) जर्मनीमा रहेका अन्य सामाजिक संस्थाहरुको काम र कर्तब्य र क्रियाकलापलाई सहर्ष स्विकार गर्दै तिनलाई पनि एनआरएनएको तर्फबाट सहयोग गर्न।तिनको संलग्नता जनाई सबै संघसंस्थाको साझा संस्थाकारुपमा एनआरएनए जर्मनीलाई अगाडि बढाउन ।