३० आश्विन २०८३, शुक्रबार

देश डुविरहेछ, राजनीति हाँसिरहेछ

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

समग्र देश नै प्राकृतिक विपत्तीले ग्रसित भइरहँदा सरकार भने मुकदर्शक बनेर रमिते बनिरहेको छ । प्राकृतिक विपत्तीका कारण धेरै मानवीय र जनधनको क्षति भइरहँदा सरकार जुन गतिका साथ अगाडि बढीरहेको छ । भारतले लगाएको वाँध खोल्दा भारतीय प्रभावित हुने पक्का छ ।

देश चलाउने जिम्मा पाएका मन्त्री नै भारतको खुलेआम गुलामी गरिरहँदा नेपालीहरू भने बाढीबाट ज्यान जोगाउन विवश बनेका छन् । तराई डुब्नुका मुख्य कारण भनेको भारतले लगाएको वाँध हो । एकमात्र सत्यतालाई वुझदा वुझदै पनि सरकारको नेतृत्व गरेको नेपाली काग्रेसका सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवा भारतको मुख ताकिरहँदा देशको स्वाभिमान, स्वतन्त्रता, सार्वभौमसत्ता त केवल भन्नका लागि मात्र रहेछ भन्ने कुरा पुष्टि भएको छ ।

नेपालको भू–भागमा रहेको वाँध खोल्नका लागि भारतको मुख ताक्नुपर्ने वाध्यता कहाँवाट सिर्जना भयो । फेरि यो पहिलो घटना पनि होइन । हरेक वर्षामा तराईका जनताले भोग्नुपरेको विपत्ती कुनै नयाँ होइन, तर पनि सरकारले उचित पहल लिनेभन्दा पनि भारतको भक्ति हुने प्रवृत्तीले यसले निरन्तरता पाएको छ । सरकार देश र जनताप्रति उत्तरदायी हुनुभन्दा पनि उदाशीनता प्रष्ट देखिन्छ । प्राकृतिक विपत्ती आफैमा भयानक हुन्छ, यसलाई दीर्घकालीन समाधानको उचित पहन नहुँदा हरेक वर्षाको समयमा देशका तराईको भू–भागका सयौ जनताले अनाहकमा ज्यान गुमाउन वाध्य वनेका छन् ।

प्राकृतिक विपत्तीलाई केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ । त्यसको मात्रा र त्यसबाट सावधानी अपनाउन सकिन्छ । निश्चित समयसम्मका लागि मात्र देख्ने प्रवृत्ति र देश र जनताप्रति सरकार र मुख्य राजनैतिक दलका नेताहरू जिम्मेवार नहुँदा जनता सधै प्रताडित वनिरहने अवस्थाको सिर्जना भईरहेको छ । दुरदृष्टिको कमी र उदासिनताले निम्ताउने यो भयानक अवस्थालाई समयमा नै उचित समाधान तर्फ अग्रसरता नहुने हो भने यसको निरन्तरताले धेरै मानवीय, भौतिक क्षति हुनेछ जुन विगतको परिदृश्यले देखाईरहेको छ । भारतीय राजदूतले आयोजना गरेको भोजमा रमाइरहेको छन् ।

देश डुव्दा समेत नरुने राजनैतिक दल र सरकारका कारिन्दा हामी नेपाली जनता । भोलीका दिनमा राजपा होस् वा अन्य राजनैतिक दलको नेतृत्वले भन्दैमा ढुङ्गा हान्ने, नेपाली भएर नेपाली नै मार्ने, देशलाई नै विखण्डन गर्न समेत तत्पर हामी यहि विचारधारावाट उठ्न सकेनौ । सधै नेता र सरकारको कारिन्दा मात्र वन्ने ध्येयभन्दामाथी हाम्रो वैचारिक धरातल उठ्न सकेन । जसको परिणाम हामी पलपलमा भोग्दै आइरहेका छौ । त्यसैको परिणती हो, अहिलको अवस्था ।

सरकारको गति सुस्तिरहँदा हामी साच्चै कति कमजोर रहेछौ, जुन पलपलको पाठबाट पनि शिक्षा ग्रहण गर्न सकेनौ । आखिर सरकार के का लागि ? जनता नै नभए देशको अस्तित्व रहन सक्दैन । सधै अर्काको मुख ताक्ने प्रवृत्तीले दास मनोवृत्तिको विकास मात्र गराउदँछ । यसका लागि आत्मविश्वास र दीर्घकालीन समाधानका लागि पहल गर्नु पर्दछ ।

यसका लागि व्यक्ति जति जागरुक वन्दछ, सरकारलाई त्यति नै दवाव पैदा हुन्छ । देश र जनताका लागि नभै केवल व्यक्तिगत स्वार्थका लागि गरिएको राजनीतिको परिणाम यहि हो । जवसम्म देश र जनताका लागि केही गर्नुपर्दछ भन्ने भावना भएको सरकार र राजनैतिक दलको विकास हुँदैन । देश सधै रोइरहनेछ, सधै डुविरहनेछ ।

जनताका लागि राजनीति गरेको सरकार र दलहरुलाई कत्ति पनि नछुनेको पछाडि लाग्ने हामी कस्ता भेडा जनता रहेछौ ? आत्माग्लानी भएको छ । देश र जनता सधै यो प्रताडित अवस्थामा रहन सक्दैन । जुन दिन जनताका आक्रोश र यथार्थ वोध हुनेछ, त्यसवेलामा स्वार्थ केन्द्रित र विदेशी प्रभुको भक्तिमा रमेका राजनैतिक दलका भूमिका स्वतः सखाप भएर जान्छ ।