ओमान । प्रवासी नेपाली मञ्च ओमान राष्ट्रिय कमिटीको नियमित सातौं त्रैमासिक बैठक शुक्रबार सम्पन्न भएको छ ।
ओमानको मस्कट रुविस्थित एशियन डिलाईट कफि सपमा विभिन्न महत्वपूर्ण निर्णय गर्दै सफलताका साथ सम्पन्न भएको हो ।
मञ्चका अध्यक्ष गगन कार्कीको अध्यक्षतामा र महासचिव सोमकृष्ण श्रेष्ठको संचालनमा सम्पन्न उक्त बैठकमा सचिव विष्णु चौंलागाईबाट बैठकको माईनेटिङ गर्ने काम भएको थियो ।
प्रचार प्रसार प्रमुख पशुपति जिसीले बैठकको रिपोर्टिङ गरेका थिए । मञ्चका त्रैमासिक कार्यहरूको समीक्षाबाट सुरु भएको उक्त बैठकले यहि १७ नोभेम्बरमा मञ्चको दोश्रो राष्ट्रिय अधिबेशन गर्ने निर्णय गरेको छ ।
साँस्कृतिक बिभाग प्रमुख तथा जन साँस्कृतिक मञ्च ओमानका संयोजक राजेन्द्र तिमिल्सिनाको संयोजकत्वमा सेप्टेम्वर २९ मा दशैं बिशेष साँस्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको छ ।
मञ्चका कोषाध्यक्ष मानबहादुर नेपालीले प्रस्तुत गरेको तीन महिनाबीचको आर्थिक प्रतिवेदन सर्वसम्मत अनुमोदन गरिएको छ ।
प्रवासी नेपाली मञ्च ओमानको कार्य, लक्ष्य र विचारलाई मन पराएर दिलबहादुर रोक्का, पेम्दिकी शेर्पा र मुना कार्कीले प्रवासी नेपाली मञ्च ओमानमा प्रवेश गरेका छन् ।















प्रतिक्रिया