अमेरिका । नेपालमा ललितपुरको पाटनमा घर भएकी हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी जोली अमात्यलाई राष्ट्रिय युवा पुरस्कारबाट सम्मानित गरिएको छ ।
उनलाई नेपालका युवा तथा खेलकुदमन्त्री राजन केसीले एक समारोहका बीच काठमाडौंमा सम्मान गरेका हुन् ।
अमात्य कार्यव्यस्तताका कारण पुरस्कार लिन भने अनुपस्थित भइन् । उनको अनुपस्थितिमा आमाबाबुले उक्त पुरस्कार लिएका छन् ।
सयुक्त राष्ट्र संघको इतिहासमै जोली अमात्य राष्ट्र संघ युवा सम्मेलनको प्रथम नेपाली युवती युवा सम्मेलन अध्यक्ष बन्न सफल भएकी हुन् ।
सो पदमा नियुक्त हुने सबैभन्दा कनिष्ठ तथा पहिलो नेपाली मूलकी बनेकी छिन् ।















प्रतिक्रिया