१ कार्तिक २०८३, आइतबार

केन्टमा डा.श्रेष्ठको कृति ‘लाईट अफ द हिमालय’ विमोचन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

केन्ट, बेलायत । बेलायतको वोर्किङस्थित एक नेपाली रेष्टुरामा प्रवासी नेपाली साहित्य समाज प्रभातको आयोजनामा डा. कविताराम श्रेष्ठको खोज अनुसन्धान मूलक उपन्यास ‘लाईट अफ द हिमालय’ अंग्रेजीमा अनुवाद कृति बिमोचन गरिएको छ ।

गत १३ अगष्ट २०१७ को दिन प्रवासी नेपाली साहित्य समाज प्रभातमा आबद्ध सहित्यकार मूलीबीर राईको बिषेश सक्रियतामा आयोजना गरिएको उक्त कार्यक्रममा विश्वासदीप तिगेलाले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि भने बेलायतका लागि नेपाली राजदूत तथा साहित्यकार दुर्गाबहादुर सुबेदी ‘दुबसु’ रहेका थिए ।

कार्यक्रममा अतिथिहरूका रुपमा डा. रुपक श्रेष्ठ, त्रिविका लेक्चर सुमाया राई, राजेन्द्र क्षेत्री, एस.बहादुर राई र एलिजावेथ ईभान्स रहेका थिए ।

डा. कविताराम श्रेष्ठ विषेश त अस्वीकृत साहित्यमा सक्रिय रहेका छन् । डा. श्रेष्ठ पेशाले समाज शास्त्री हुन् । उनी नेपाली साहित्यको एक धरोहर ब्याक्तित्वका रुपमा सक्रिय हुँदै आएका छन् ।