२९ आश्विन २०८३, बिहिबार

सोमबार काम बहिस्कार गरौँ : ओडिङ्गा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नैरोबी, ३० साउन । केन्याको राष्ट्रपतीय निर्वाचनमा पराजित राइला ओडिङ्गाले आफ्ना समर्थकलाई सोमबार सरकारी काम बहिस्कार गर्न अनुरोध गर्नुभएको छ ।

ओडिङ्गाले मङ्गलबार आफ्नो रणनीति घोषणा गर्ने जनाउदै सोमबार सम्पूर्ण कार्यालयको काम बहिस्कार गर्न अनुरोध गर्नुभएको छ । केन्याको राजधानी नैरोवीमा बसोबास गर्ने निम्न तथा मध्ययम बर्गीय जनताको भीडलाई किबेरामा सम्वोधन गर्दै उहाँले भन्नुभयो, “सोमबार सबै काम बहिस्कार गरौँ ।”

केन्याका राष्ट्रपति उहुरु केन्याटा मंगलबारको निर्वाचनबाट पुनः राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरिएपनि प्रतिपक्षी समूहले यस नतीजालाई स्वीकार गरेको छैन । निर्वाचन आयोगले केन्नाटाले ५४.३ प्रतिशत मत प्राप्त गर्नुभएकोे र उहाँको प्रतिस्पर्धी रायला ओडिङ्गाले ४४.७ प्रतिशत मत प्राप्त गर्नुभएको जनाएको थियो ।

तर विपक्षीले परिणाम घोषणा हुनुअघि नै निर्वाचनमा धाँधली भएको भनी परिणामलाई अस्वीकार गर्ने जनाएको थियो ।

ओडिङ्गाले सभालाई सम्वोधन गर्दै भन्नुभयो, “उनीहरू (उहुरु केन्याटाको समूह) ले निर्वाचनमा चोरी गर्ने छन् भनी हामीले पूर्वानुमान गरे झैँ भएको छ । हामीले अहिलेसम्म केही गरेका छैनौँ । हामीले आत्मसमर्पण गर्ने छैनौँ । अर्को चरणको कार्यक्रम आउँदासम्म पर्खनुहोस् । मैले नयाँ रणनीति पर्सी (अगस्त १५) सम्म घोषणा गर्नेछु । हामी सवै एकजुट भएर सङ्घर्ष गर्नुपर्छ ।”

परिणाम घोषणा भएसँगै विपक्षीको पकड मानिएको बहुल किसुमु शहर र राजधानी नाइरोबीका किबेरा लगायतका झुपडबस्ती क्षेत्रहरुमा विरोध प्रदर्शन भएका छन् ।

कैयौं ठाउँमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रृ ग्यास तथा गोली चलाएको बताइएको छ । मत परिणामलाई लिएर विपक्षीले गरेको प्रदर्शनमा आठजनाको ज्यान गएको छ । प्रदर्शनका क्रममा १५० जनाभन्दा बढी घाइते भएका छन् । कैयौं पर्यवेक्षकहरुले केन्यामा दश बर्षअघिको विवादास्पद चुनावपछिको जस्तै हिंसा दोहोरिन सक्ने बताएका छन् । –एएफ्पी