२९ आश्विन २०८३, बिहिबार

माधव नेपाल डेढ घण्टा कड्केपछि एमाले बैठक स्थगित, नेपालले बुझाए लिखित ध्यानाकर्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oli & Mahav Nepal

मोहन बास्तोला 

काठमाडौँ, १४ कात्तिक । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

एमाले मुख्यालय बल्खुमा जारी केन्द्रीय कमिटी बैठकमा  एमाले नेता माधवकुमार नेपालले लिखित रुपमा ध्यानाकर्षण प्रस्ताव पेश गरे लगत्तै अध्यक्ष केपी शर्मा ओलीले १८ गते सम्मका लागि बैठक स्थगन गर्नुभएको हो ।

नेता नेपालले करिब डेढ घण्टा आफ्नो भनाई राख्नु भएको थियो । ‘पार्टीलाई पद्धति अनुसार नचलाएको, पछिल्लो समय गरेका करिब सात ओटा निर्णयमा कतै पनि पार्टीबाट निर्णय नगराएको जस्ता भनाई उहाँले राख्नुभयो,’ नेता नेपालको भनाई उधृत गर्दै केन्द्रीय सदस्य रचना खड्काले दैनिक नेपालसँग भन्नुभयो ।

अध्यक्ष ओली बोलिरहेका बेला नै नेपालले पार्टीलाई एकलौटी ढंगल चलाउन खोजेको आरोप लगाउँदै ध्यानाकर्षण प्रस्ताव पेश गर्नुभएको केन्द्रीय सदस्य खड्काले जानकारी दिनुभयो । नेपाल समूह आक्रमक रुपमा बैठकमा प्रस्तुत भएपछि केही बेर आरोप–प्रत्यारोपको श्रृंखला नै चलेको थियो ।

नेता नेपालले सुकुम्वासी आयोग गठन गर्दा मन्त्री बनाउँदा वा फाल्दा , व्यवस्थापिका संसदका सभापतिहरुको चयनलगायतमा ओलीले एकलौटी निर्णय गरेको भन्दै लिखित ध्यानाकर्षण प्रस्ताव पेश गर्नुभएको थियो ।