१६ कार्तिक २०८३, सोमबार

यी हुन् उमेर ढाँटेर डिएसपी बनेका निरीक्षक, घटुवा गरिँदै

9.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । डेढ वर्षअघि नै सेवाबाट अनिवार्य अवकास पाउनुपर्ने एक प्रहरी अधिकृतले उमेर ढाँटेर डिएसपीमा बढुवासमेत पाएका छन् ।

हालै गृह मन्त्रालयले बढुवा गरेको सूचीमा परेका बल्लभबहादुर सिंहले फरक फरक जिल्लाबाट फरक मितिमा नागरिकता जारी गरेको फेला परेपछि प्रहरी किताबखानाले सिंहमाथि कारबाही गरेको छ । नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ ।

सिंहले प्रहरी किताबखानामा पेस गरेको नागरिकतामा जन्ममिति २०१६ उल्लेख छ ।

नागरिकता हराएपछि कामको सिलसिलामा कालिकोट पुगेका उनले त्यहाबाट लिएको प्रतिलिपि नागरिकतामा जन्ममिति २०१८ साल उल्लेख छ ।

उनको बढुवा रद्द गर्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको छ ।