सिकागो । लोक गायक मिलन लामाले सिकागोबासी नेपालीलाई हसाउन र नचाउन सफल भएका छन् ।
मिलन लामासंगै गायिका शान्ति भण्डारीको प्रस्तुति पनि निकै रोमान्चित थियो । एकल र दोहोरी गीत प्रस्तुत गरेका कलाकार दुवै जनालाई दर्शकहरुले निकै रुचाएका थिए । कार्यक्रमको संयोजन स्थानीय टेकराज पौडेलले गरेका थिए ।

सिकागोमा स्थापित एजुकेसन फाउन्डेसन फ नेपालको आयोजनामा देव्हानस्थित नार्थ्सोर बेन्कट हलमा अक्टोबर २७ को साँझ ५ बजे सुरु भएको कार्यक्रमको सभापतित्व फाउन्डेसनका संस्थापक सभापति वाला घिमिरेले गरेका थिए । सिकागोका लागि नेपाली अवैतनिक बाणिज्यदुत मर्विन ब्रस्तीन प्रमुख अतिथि रहेको कार्यक्रममा डा चन्द्र चटौत, डा यादब पण्डित, डा अनुजा, सामाजिक व्यक्तित्व शारदा थापा, किरण ज्ञवाली, सिकागोल्याण्ड मैत्री समाजका कार्यबाहक सभापति जितेन्द्र राना, नेवाः दवुका श्रवन श्रेष्ठ, नेपाली कल्चर सेन्टरका रमाकान्त खरेल, थारु समाजका उपसभापति मदन चौधरी ब्यबसायी जगदिश भण्डारी, सुशील चौधरी, सुमन वस्ती, खेम पाठक, खेम पन्थी, बिनिता पाठक, भिम रार्इ, लाल काफ्ले लगायतको सहभागिता थियो ।

स्थानीय कलाकार जगदिश यादब, भुवन राई, शंकर पराजुली, मिनराज चौधरी, रामानन्द चौधरी, मनिष चौधरी, ललिता पौडेल, क्रिस्टिना पाठक, क्रिस्टिना तिवारीको गीत एवं नृत्यले झनै कार्यक्रमको शोभा बढाइदिएको थियो ।

सांगीतिक कार्यक्रमलाई सम्पन्न गर्न एक हप्ता अघि फाउन्डेसन र सर्वसाधारणहरुको एक भेलाले टेकराज पौडेलको संयोजकत्वमा पशुपति डल्लाकोटी, गणेश थापा, भिम भण्डारी, अर्जुन सुबेदी ,इश्वरी पाठक ,दुर्गा चापागाई, रेमकान्त तिवारी, बाबुराम सापकोटा, ऋषि गैरे, मिन दर्लामी रहेको समिति गठन गरेको थियो । कार्यक्रममा फाउन्डेसनका महासचिब भोजराज घिमिरेले करिब ३ हजार डलर बराबरको खाना प्रदान गर्नु भएको थियो ।














प्रतिक्रिया