दोहा । आसन्न गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सातौं अधिवेशनमा आईसीसी सदस्य पदमा म्याग्दीका प्रेम रसाइलीले उमेद्वारी दिने भएका छन् ।
सचिवालय पदमा रही महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रेमले श्रमिक विभाग संयोजकको जिम्मेवारीलाई न्यायपूर्ण ढंगले निर्वाह गरेका थिए ।
म्याग्दी जिल्लावासीहरूको साझा संस्था मोना कतारको सस्थापक अध्यक्ष समेत रहेका रसाइली कतारमा विश्वकर्मा समाजको सस्थापक सल्लाकार, दलित एकता संजालका वरिष्ठ सल्लाकार र साझा मंच कतारको सल्लहाकार लगायत विभिन्न सामाजिक संघसस्थाहरुमा आबद्ध छन् ।
झन्डै २ दशकदेखि कतारमा रोजगारी गर्दै आएका प्रेम रसाइली कतारको प्रतिष्ठित स्थानीय कम्पनी जनरल सुपरभाइजरको रुपमा कार्यरत रहेका छन् ।















प्रतिक्रिया