१ कार्तिक २०८३, आइतबार

एनआरएन अमेरिकाको निर्वाचन लम्ब्याउने काम नगरौंः गौरी जोशी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सास । एनआरएन अमेरिकाका अध्यक्षका सशक्त प्रत्यासी गौरी जोशीले मंगलवार अदालतले गरेको निर्णयको स्वागत गर्दै अविलम्ब निर्वाचन प्रक्रिया सूचारु गर्न आग्रह गरेका छन् ।

मंगलवार राति विज्ञप्ति जारी गर्दै जोशीले भनेका छन्, ‘अदालत जानु मेरा लागि बाध्यकारी परिस्थिति थियो ।’

प्रमाणहरुका आधारमा र विधि विधानमा रहेर उम्मेदवारी दिएता पनि निर्वाचन आयोगले आफ्नो उम्मेदवारी कायम नगरेपछि न्यायका लागि आफू अदालत जानु परेको जोशीले भनेका छन्, ‘निर्वाचन आयोग म र मेरा समूहका उम्मेदवार र सदस्यहरुप्रति पूर्वाग्रही देखियो । नैसर्गिक हक र आफ्नो नेतृत्व छान्न र चुनिन पाउने वैधानिक अधिकारबाट मसहित कैयौं साथीहरुलाई बन्चित गरियो ।’

जोशीले अदालतको आदेशको सम्मान गर्दै अब आफूलगायत उम्मेदवार सूचीमा नाम समावेश नगरिएका सबैलाई समावेश गरी निर्वाचन कार्यक्रम तय गर्न निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएका छन् ।

जोशीले विज्ञप्तिमा भनेका छन्, ‘अदालतको आदेशको सम्मान गर्दै सोही अनुसार यथाशीघ्र निर्वाचन कार्यक्रम घोषणा गरिनुपर्छ । अब निर्वाचन लम्ब्याउने काम नगरौं । यसका लागि मैले गर्नुपर्ने जुनसुकै सहयोग र त्यागका लागि पनि म तयार छु । म एनआरएन अमेरिकाको बृहत्तर हित,एकता र सुदृढीकरणका लागि सबै पक्षसँग संवाद र सहकार्यका लागि सधैं तयार रहेको प्रष्ट पार्दछु । मेरो नेतृत्वमा अमेरिकी आप्रवासमा रहेका नेपालीहरुको सशक्त एनआरएन अभियानको संगठित स्वरुप निर्माणका लागि म सबैसंग हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’