३० आश्विन २०८३, शुक्रबार

मंसिर ९ गतेदेखि चारदिन उपत्यकाका सडक बन्द, बिदाको सम्भावना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singhadurbar

काठमाडौं, १४ कात्तिक । सार्क शिखर सम्मेलनका बेला चार दिनसम्म उपत्यकाका मुख्य सडक दिनभरिजस्तै बन्द हुने ट्राफिक प्रहरीले जनाएको छ ।

सम्मेलनको विस्तृत कार्यक्रम तय भइनसकेकाले ट्राफिक व्यवस्थापनबारे विस्तृत योजना बनिसकेको छैन् । ट्राफिक प्रहरीका अनुसार सम्मेलन सुरु हुने अघिल्लो दिन ९ मंसिरमा सार्क राष्ट्रका राष्ट्रप्रमुखहरु आउने भएकाले सो दिन विमानस्थलदेखि सोल्टी होटलसम्मको बाटोमा बन्द हुनेछ ।

राष्ट्रप्रमुखहरु बिहानदेखि बेलुकासम्म आउने भएकाले सडक दिनभरजस्तै खाली बनाउने ट्राफिक प्रहरीले जनाएको छ । सम्मेलन हुने दुई ११ र १२ मंसिरमा पनि सोल्टी होटलबाट राष्ट्रिय सभागृहसम्म जाँदा कम्तीमा दुई घन्टा सडक खाली हुनेछ । रत्नपार्कलगायतका क्षेत्र लामो समय खाली बनाइँदा त्यसको असर उपत्यकाको सम्पूर्ण ट्राफिक व्यवस्थापनमा पर्नेछ । ट्राफिक लगायतका व्यवस्थापनका लागि सार्क सम्मेलनको दुई दिन सार्वजनिक बिदा दिनुपर्नेबारे छलफल भएको छ । छलफल भएपनि निर्णय नभइसकेको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताएको नयाँ पत्रिकामा खबर छ ।