३० आश्विन २०८३, शुक्रबार

नरेन्द्र मोदीलाई सबैभन्दा धेरै थ्रेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modiकाठमाडौं, १४ कात्तिक । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क शिखर सम्मोलनको सुरक्षाका लागि गृहमन्त्रालयले तयारी थालेको छ ।

आतंकवादी घुसपैठलाई सुरक्षा निकायले चुनौतीका रुपमा औल्याएका छन् ।

आठ देशका राष्ट्रप्रमुखहरुमध्ये भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबैभन्दा धेरै थ्रेट रहेको जनाउँदै सुरक्षा निकायहरुले त्यहीअनुसार तयारी थालेको समचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

खुला सिमानाका कारण भारतीय मुजाहिद्दिनलगायतका समूहको ‘थ्रेट’ हुनसक्ने रिपोर्टका आधारमा गृह मन्त्रालयले तयारी थालेको हो ।

गृहमन्त्रालयका प्रबक्ता लक्ष्मीप्रसाद ढकालले सार्क शिखर सम्मेलनमा सुरक्षा महत्वपूर्ण भएकाले सोही अनुसार तयारी भइरहेको बताए ।

सम्भावित अप्रिय घटना हुन नदिन प्रहरीले सीमादेखि होटलसम्म चेकिङमा कडाई गरेको छ ।