काठमाडौं, १४ कात्तिक । सरकारले भाडाबृद्धिलाई घटाउने तयारी गरेको छ । सरकारले नै कात्तिक १५ देखि मालबाहक र यात्रुबाहक दुवै प्रकृतिका सवारी साधनमा भाडा बढाउने निर्णय गरेको थियो ।
तर एमाओवादीका नेता नारायणकाली श्रेष्ठले बिहीबार प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री वामदेव गौतमसहित तीन दलका अन्य नेताहरूलाई पनि तेलको मूल्य घटिरहेको बेलामा भाडा बढाउनु गलत भन्दै जानकारी दिएपछि सरकारले भाडा नबढाउने तयारी गरेको हो ।
‘मैले पहिले प्रधानमन्त्री एक्लैलाई भाडा बृद्धिको बारेमा जानकारी दिए,’ एमाओवादी नेता श्रेष्ठले भने, ‘पहिले त प्रधानमन्त्रीले आफूलाई त्यस बारेमा थाहा नै नभएको बताए । सबै कुरा थाहा भएपछि भाडा बढाउनु गलत भन्दै नढाउन निर्देशन दिने बताए ।’
श्रेष्ठले बालुवाटारमै दिउँसो भएको तीन दलको बैंठकमा पनि भाडाबृद्धिको कुरा उठाए । बैठकमा कांग्रेसका रामचन्द्र पौडेल, एमालेका माधवकुमार नेपाल, विद्या भण्डारीसहित उपप्रधानमन्त्री गौतमको पनि उपस्थिति थियो ।
‘मैले पेट्रोलको मूल्य घटेको बेलामा भाडाबृद्धि गर्नु गल रहेको बैंठकमा बताए । सबै दलका साथीहरूले समर्थन गरे,’ श्रेष्ठले भने, ‘उपप्रधानमन्त्रीले मैले प्रधानमन्त्रीलाई पनि जानकारी दिइसकेको भनेपछि त्यहिबाट भौतिक योजना तथा यातायात मन्त्री विमलेन्द्र निधीलाई फोन गरेर तत्काल भाडाबृदि घटाउन निर्देशन दिए ।’
इन्धनको मूल्य घटा भाडा बढाउने सरकारको निणर्यलाई लिएर सर्वसाधरणले यस अघि नै अचम्म मानेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
आयल निगमले सरकारले असोज १३ बाट पेट्रोलियनमा स्वाचालित मुल्य प्रणाली लागु गरेपछि पहिलो पटक उक्त प्रणाली अन्तर्गत मुल्य समायोजना गरेको हो ।
अहिले पेट्रोलको मुल्य १ सय ३० रूपैंया ४७ पैसा, डिजेल र मटितेलको १ सय ३ रूपैंया १७ पैसा पर्छ ।
भौतिक योजना तथा यातायात मन्त्रालय र व्यवसायी बीच भदौं १५ मै भाडा बढाउने सहमति भए पनि कात्तिक १५ देखि छोटा तथा लामो दुरीमा चल्ने सार्वजनिक यात्रुबहाक सवारीसाधनमा ५.६३ प्रतिशत बढाएको थियो ।
यस्तै, मालबहाकमा भने काठमाडौं-पोखरा-नारायणगढ क्षेत्रसम्ममा ५.२७ प्रतिशत र तराई क्षेत्रमा ५.२१ प्रतिशत भाडा वृद्धि गरेको हो । यस्तै, मिटर जडित ट्याक्सीको भाडामा ६.५८ प्रतिशतले वृद्धि गरिएको छ ।
पेट्रोलको मूल्य बढा पनि गरिएको भाडा बृद्धिले महंगी बढ्नेमा सर्वसाधरण चिन्तित छन् । मुल्यबृद्धिसँगै कात्तिक १५ पछि दैनिक उपभोग्य बस्तुहरू जस्तै, चालम, तरकारी, दाल आदिदेखि हरेक बस्तुको मूल्य बढ्ने पक्का छ ।















प्रतिक्रिया