२९ आश्विन २०८३, बिहिबार

प्रवासी नेपाली मन्च टेक्सासको संयोजकमा सुशील क्षेत्री, जनवरी १ मा अधिवेशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ONF_USA

विकासराज न्यौपाने

टेक्सस (अमेरिका) । प्रवासी नेपाली मन्च अमेरिकाको टेक्सास राज्यका मन्च सम्बद्ध सदस्यहरूको भेलाले सुशील क्षेत्रीको संयोजकत्वमा १९ सदस्ययीय टेक्सास राज्य साधारणसभा आयोजक समिति गठन गरेको छ ।

आगामी जनवरी १ मा साधारण सभा गर्ने गरी विभिन्न विभागहरूको पनि गठन गरिएको छ । जसनुसार सदस्यता नविकरण, वितरण तथा रूपान्तरण विभागको प्रमुखमा चेतनाथ भट्टराई, कार्यालय संयोजन तथा प्रचारप्रसार विभाग प्रमुखमा युबराज खनाल, अतिथि सत्कार विभाग प्रमुखमा सरिता चौलागांई, संघसस्था सम्पर्क विभाग प्रमुखमा जित थापा र भोजन तथा हल व्यवस्थापन विभाग प्रमुखमा सङ्राम सिंह तामाङ् रहनु भएको छ ।

अक्टोबर २६ तारिखदेखि नोभेम्बर २५ तारिख बेलुका ८ बजेसंम्म सदस्यता वितरण, नविकरण तथा रूपान्तरण गरिने बताइएको छ । साथै साधारण सभामा प्रवेश पाउन उक्त मितिभित्र मन्चले तोकेको रकम बुझाई नवीकरण गरेको रसिद लिनुपर्ने मञ्चले जनाएको छ।

सदस्यता लिन सजिलो बनाउन प्रवासी नेपाली मन्चको कार्यालय ३४०१ कन्फलान्स रोड, अर्विङ टेक्सास ७५०६१ हरेक हप्ताको शनिवार र आइतबार बेलुका ६ देखि ८ बजे संम्म खुला राखिने मञ्चले जनाएको छ । यसैगरी, सदस्यता नामावली प्रकाशन नोभेम्बर २५ तारिख बेलुका ७ बजे गरिनेछ ।

यसैगरी, नोभेम्बर २५ तारिख देखि डिसेम्बर २५ तारिखसम्म प्रचारप्रसार, निर्वाचन कमिटीको गठन, निर्वाचन कमिटीले तोकेको रकम बुझाई उम्मेद्वारी दिने अन्तिम मिति डिसेम्बर २७ तारिख बेलुका ८ बजे , दाबी बिरोध तथा उम्मेदवारी फिर्ता अन्तिम मिति डिसेम्बर २८ तारिख बेलुका ८ बजेसम्म रहनेछ भने जनवरी १ तारिख दिउसो १२ बजेदेखि ४ बजेसम्म उदघाटन समारोह र ५ बजेदेखि बन्द सत्र सुरु हुने मञ्चले जनाएको छ ।