जेरुसेलम (इजरायल), २३ साउन । इजरायलल अलजजीराका यहाँस्थित सम्पूर्ण कार्यालयलाई बन्द गर्न लागेको आइतबार जनाएको छ ।
इजरायली प्रधानमन्त्री वेन्जामिन नेतन्याहु अरब क्षेत्रको सेटलाइट प्रविधिबाट समाचार प्रशारण गर्ने सञ्चारमाध्यम अलजजीराले अनावश्यक बिषयमा उत्तेजना फैलाउने कार्य गरेको आरोप लगाउँदै उक्त संस्थामाथि शङ्का व्यक्त गरेलगत्तै यस यहुदी मुलुकले उक्त कुरा जनाएको हो ।
इजरायली सुचना तथा सञ्चार मन्त्रालयले आइतबार जारी गरेको एक विज्ञप्तिमा इजरायलले उक्त च्यानलले प्रशारण गरेको उत्तेजक समाचार सामग्रीका बिषयलाई तुरुन्त खण्डन गर्न माग गर्ने साथै यस च्यानलको केबल तथा सेटलाइट प्रशारणलाई काटिदिने बताइएको छ । –सिन्ह्वा
















प्रतिक्रिया