३० आश्विन २०८३, शुक्रबार

रेणु दाहालको जित: बिर्सन नहुने ६ कुरा

19.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विनोद त्रिपाठी

भरतपुर महानगरको चुनावको बारेमा सामाजिक सञ्जाल र मिडियाहरुमा धेरैको प्रतिक्रिया हेरियो, तर मेरो धारणा निकै बेग्लै छ ।

१,

नेपालको राजनीति यस्तै जालझेल र लोभलालच, डर, धम्की, प्रलोभनबाट अघि बढ्दै आएको छ, भरतपुर महानगरको चुनाव त्यसैको निरन्तरता हो ।

२,

कुनै दलहरु पनि दुधले नुहाएका छैनन् । नेताहरु र कार्यकर्ताहरुले राजनीति आफ्नै पार्टीको लागि गरे, देशको लागि गरेनन्, त्यसैको निरन्तरता नै भरतपुरको चुनाव थियो ।

३,

कोइराला परिवार बिराटनगर, शेरबहादुर देउवा डडेल्धुरा, केपी ओली झापा, बाबुराम भट्टराई गोर्खा लगायत शिर्ष नेता गृह जिल्लामा स्थापित हुँदा परिवर्तनगामी बिकास भएका उदाहरण छन् । दाहाल परिवार चितवनमा स्थापित हुँदै गर्दा अन्ततः चितवनबासीका लागि यो खुशीको कुरा हो । र, यो पनि बिगतकै राजनीतिकै निरन्तरता नै हो ।

४,

अदालत, निर्बाचन आयोग, सुरक्षा निकाय, कर्मचारीमा राजनीति हावी गराएर तिनैको शिकारमा कांग्रेस एमाले पर्न थालेको यो संकेत हो । यसका प्रमुख दोषी कांग्रेस एमाले नै हुन् । माओबादी केन्द्र कसरी आउनेछ, हेर्न बांकी छ ।

५,

चुनावको परिणाम अनुसार महानगरको मेयरमा माओबादी केन्द्रकी रेणु दाहालले चुनाव जितिन, एमालेका देवी ज्ञवालीले चुनाव हारे । तर, एमाले कमजोर रहेको ठानिएको बृहत भरतपुर क्षेत्रमा एमाले पार्टी स्थापित हुन पुगेको पनि स्वंय एमालेले बिर्सन हुंदैन । २ सय २ मत अन्तरको हारजित भनेको प्रमुख दलकै हैसियत कायम हो ।

६,

जनताका लागि रेणु र देवी दुबैजना प्यारा बनेका छन् । तर, हार्नेले अनेक आरोप लगाउने र जित्नेले दम्भ देखाउने हो भने हालसम्मको देशभरको मत परिणाम र भोलीका चुनावको परिणामप्रति आफ्नो खुट्टामा आंफैले बन्चरो प्रहार हुन्छ भन्ने तर्फ सचेत बनौं ।

र, अन्तमा औपचारिक रुपमा बिजयी प्राप्त गर्ने भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र सानदार मत ल्याउने देवी ज्ञवाली दुबैलाइ हार्दिक बधाइ तथा महानगरका बिभिन्न तहमा बिजयी हुनेहरु सबै सबैलाइ हार्दिक शुभकामना छ ।

लेखक चितवनका पत्रकार हुन् ।