
– सरगम भट्टराई
रेणु दिदी, तिमीले जित्यौ तर कठै, लोकतन्त्रले हार्यो । तिम्रो अविरजात्रालाई मैले के उपनाम दिऊँ, मतपत्र नच्यात्दै जितेको भए मैले मात्र हैन्, सारा नेपालीले तिमीलाई बधाई दिने थिए । तर तिमीले जितेर पनि हार्यौ, नपत्याए आफ्नै मनलाई सोध्नू, ती फूल र अविरहरुलाई सोध्नू, विवेक भएका जो कोहीलाई सोध्नू ।
जाल झेल र तिक्डमको अर्को नाम भएको छ, लोकतन्त्र । पावर एलिटहरुको पावरहाउस भएको छ, लोकतन्त्र । सत्ता सोपानेहरुको कठपुतली भएको छ, लोकतन्त्र। यसलाई झूठतन्त्र, लूटतन्त्र, लज्जातन्त्र, या धुजाधुजातन्त्र जे भने पनि रिस मर्दैन, अचेल मान्छेहरुको। म यसलाई गोलमालतन्त्र भन्छु। समय र सन्दर्भ अनुसार मान्छेले फरक फरक अनुभूति गरिरहेका छन्, लोकतन्त्रको।
राजनीतिमा अपराध त चलचित्रमा मात्र देख्न पाइन्थ्यो, अचेल त घरभित्रै देख्न पाइन्छ, पाइला पाइलामा देख्न पाइन्छ। कान्तिपुर नगरीमा ब्रान्डेड अपराधीहरु हाईहाई हुन्छन्, भरतपुरमा हार्ने लक्षण देखेर मतपत्र च्यात्नेहरु हाईहाई भए, आख़िर कलियुगमा अपराधले नै जित्छ भने अपराध रोपेपछि अपराध नफूलेर किन सुनाखरी फुल्थ्यो र !
भरतपुरको चुनावमा बडो जालझेल र तिकडमले रेणुले जितिन्, उनलाई बधाई दिनेहरुले दिऊन्। मतपत्र च्यात्ने माओवादी र त्यसको साक्षी बन्ने काङ्ग्रेसले अपराधलाई संस्थागत गरे त्यसैले त्यहाँ रेणुले हैन्, अपराधले जित्यो, अपराधले जितेकोमा बधाई गुण्डाहरुको ग्याङमा दिइन्छ। म त्यो ग्याङमा कतै पनि छैन, त्यसैले म बधाई दिन सक्दिन। तर म एमाले पनि हैन, एमालेका धेरै कुराहरु मलाई मन परेका छैनन् तर भरतपुरको सन्दर्भमा एमालेलाई दोष दिनु अपराधको बदला अपराध हो। बिचारमा सहमत छैन् भन्दैमा त्यस्तो अपराध किन गर्नु ? मैले जाने बुझेको लोकतन्त्रमा सेतोलाई सेतो र कालोलाई कालो भनिन्छ।
त्यसो त मैले शुरुमा जितून् भनेर रेणुलाई सहानुभूति गरेकै हो त्यसको प्रमाण म सँग छ। तर, हार्ने पक्का भएपछि बुरुक्क उफ्रेर जनताको मत धुजाधुजा पारेर गलत नजिर बसाउँदै सत्ता र शक्तिको भरमा अपराधलाई संस्थागत गरिसकेपछि मैले सक्दो प्रतिरोध गरेँ, मैले मेरा शब्दहरु फिर्ता लिएँ ।
त्यसो त मैले शुरुमा जितून् भनेर रेणुलाई सहानुभूति गरेकै हो त्यसको प्रमाण म सँग छ। तर, हार्ने पक्का भएपछि बुरुक्क उफ्रेर जनताको मत धुजाधुजा पारेर गलत नजिर बसाउँदै सत्ता र शक्तिको भरमा अपराधलाई संस्थागत गरिसकेपछि मैले सक्दो प्रतिरोध गरेँ, मैले मेरा शब्दहरु फिर्ता लिएँ । मैले दिएको समर्थन र सद्भाव मैले फिर्ता लिएर के फरक पर्थ्यो ! अपराधको अगाडि म बबुरोको के जोड चल्थ्यो र ! मेरो बिचारको हार भयो, समग्र लोकतन्त्रकै हार भयो।
हुन त देशमा अपराधले नै जितेको छ, अपराध गर्नेहरु दण्डितको साटो पुरस्कृत भएका छन्, न्याय गर्ने न्यायमूर्तिहरु नै अन्यायमा पर्ने देश हाम्रै हो, सर्बष्वसहित जन्मकैद सुनेका बालकृष्ण ढुङ्गेलहरु अभिनन्दित हुने देश हाम्रै हो, भ्रष्टाचारको मुद्दा खेपेर जेल बाहिर निस्कँदा भ्रष्टाचारीहरुलाई फूलमाला लगाएर शहर घुमाउँदै जय जयकार गर्ने देश यही हो, जातियता र धर्मको नाममा अचेल भयानक हिंसाका बिउहरु यहिँ रोपिएका छन्। राज्यका सबै संयन्त्रहरु एक जनालाई जिताउन हात धोएर लागेपछि यसलाई निर्वाचन भन्नुको के मजा ! त्यस्तो चुनाव र तत्कालीन तथाकथित जनसत्तामा के फरक भयो र ?
हुन त देशमा अपराधले नै जितेको छ, सर्बष्वसहित जन्मकैद सुनेका बालकृष्ण ढुङ्गेलहरु अभिनन्दित हुने देश हाम्रै हो, भ्रष्टाचारको मुद्दा खेपेर जेल बाहिर निस्कँदा भ्रष्टाचारीहरुलाई फूलमाला लगाएर शहर घुमाउँदै जय जयकार गर्ने देश यही हो,
मतपत्र च्यात्नु जनताको आस्था र बिश्वास च्यात्नु थियो, लोकतन्त्र मान्ने संसारको कुनै कुनामा हार्ने निश्चित भएपछि पनि मतपत्र च्यातिदैन, च्याते पनि तिनीहरु कैदको भागी हुन्छन् । बाघ र बिरालोको तालमेल अनि दुबै मिलेर गरेको जालझेलले जितेको चुनाव भन्दा हार्नेको ईज्जत उच्च हुन्छ। ईमानको मोल बेईमानको बजारमा हैन्, ईमानकै बजारमा थाहा हुन्छ। त्यसैले जनताको श्रद्दा त्यस्तो ठाउँमा हार्नेलाई मात्र हुन्छ। त्यो श्रद्दा हारेका उम्मेदवार देवी ज्ञवालीले पाउनेछन्।
रेणुजीले बिजयोत्सवमा लगाएको माला र अबिर देखेर मैले रेणुजीलाई मात्र हैन्, त्यो अविर र फूलले समेत पश्चाताप गरेको देखेँ । मनमनै सम्झेँ, त्यस्तो बिजय के बिजय मान्नु जहाँ फूलमाला पनि गलपासो जस्तै लागिरहेको छ, ती मालाहरुले समेत उनको बिजयलाई स्विकारेका छैनन्, त्यो बिजय के बिजय जस्ले अपराधको फूल फूलाएको छ। त्यो बिजय जुलुसको बाजा अपराधको डम्फू बजाएजस्तै दुरुस्तै लाग्नेछ।
हुन त अहिले स्वाभिमान हारेको बेला हो, निष्ठा हारेको बेला हो। तीन करोड जनताको स्वास्थ्यका लागि दर्जन पल्ट आमरण अनसन गर्ने डाक्टर केसीका मागहरु पूरा गर्न सरकारहरु उदासीन बनेको बन्यै छन्, बिहान उठ्दा दुई चार करोड भन्दा तलका भ्रष्टाचारका समाचार सुन्न पाईँदैनन्, त्यस्तो बेला के सात्विकता र निष्ठाको कुरा गर्नु ?
जे होस्, यो लोकतन्त्रलाई झोंकतन्त्र बनाउनेहरुलाई, सत्ता र शक्तिको आडमा जसो पनि गर्न सकिने रहेछ। जनताहरुले अझै सही र गलत के हो भन्ने छुट्याउन सक्ने भएका रहेनछन्। मेरो ठहरमा देवी ज्ञवाली सर्वगुणसम्पन्न उमेदवार हुन् भन्ने होइन तर मतपत्र च्यात्ने र त्यसको साक्षी बस्नेहरु भन्दा उनी कैयौँ गुणा ठीक मान्छे हुन्।
हामीले ल्याएको लोकतान्त्रिक गणतन्त्रभित्र गुण्डागर्दी र बेथिति घुसेको छ, देशमा कानूनको हैन केही पावर एलिटहरुको मात्र शासन चलिरहेको छ त्यसैले यसलाई नयाँ चिराबाट शुद्दिकरण नगरेसम्म देशले निकास पाउने सम्भावना छैन्। अब राम्रा पार्टीहरुबीच मात्र प्रतिस्पर्धा हुन राजनीतिमा ब्यापक हस्तक्षेपको जरुरी छ। रेणु प्रवृत्तिले जितेसम्म हाम्रो लोकतन्त्र झन् झन् कमजोर हुनेछ। त्यसैले अब सबै कानूनको शासन मान्ने शक्तिहरु एकातिर उभिनुको बिकल्प छैन। जनताले बिकल्प चाहेका छन् ।
रेणु दिदी, तिमीले जित्यौ तर कठै, लोकतन्त्रले हार्यो । तिम्रो अविरजात्रालाई मैले के उपनाम दिऊँ, मतपत्र नच्यात्दै जितेको भए मैले मात्र हैन्, सारा नेपालीले तिमीलाई बधाई दिने थिए । तर तिमीले जितेर पनि हार्यौ, नपत्याए आफ्नै मनलाई सोध्नू, ती फूल र अविरहरुलाई सोध्नू, विवेक भएका जो कोहीलाई सोध्नू । अब त्यो अपराधको क्षमायाचना गर्न मतपत्र च्यात्नेहरुसँग हैन्, आफ्नै विवेक प्रयोग गर्नू। जित्ने बेला बधाई नपाए पनि पदावधि सकिने बेलासम्म तिमीलाई सच्चिएको देख्न पाऊँ। शुभकामना।















प्रतिक्रिया