१ कार्तिक २०८३, आइतबार

प्रा.सुवेदीद्वारा गोविन्द केसीप्रति ऐक्यबद्धता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन । ग्लोबल पोलिसी फोरम नेपालका अध्यक्ष तथा ब्रिटेनस्थित लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्य सुवेदीले डा. गोविन्द केसीका मागहरू तत्काल पूरा गर्न नेपाल सरकारलाई आह्वान गरेका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै प्रा. सुवेदीले डा. केसीले जारी राखेको अभियान नेपाल र नेपालीको सर्वोत्तम हितमा भएको बताए । ‘उहाँले नेपालमा उच्च शिक्षाको व्यवस्थापन र प्रशासनलाई राजनीतिमुक्त बनाउन खोज्नुभएको छ’, उनले भने ।

‘उच्च शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेपले गर्दा नेपालमा उच्चशिक्षाको गुणस्तर नराम्रोसंग प्रभावित भएको छ । नेपालको आर्थिक विकासका लागि गुणस्तरीय शिक्षा एक पूर्व शर्त हो । त्यसैले डा. केसीका मागहरूलाई संबोधन गरेर नेपालमा उच्च शिक्षाको भविष्यकाबारे एउटा वृहत् पुनरावलोकन गर्न आवश्यक भैसकेको छ’, प्रा. सुवेदीले आफ्नो वक्तव्यमा भनेका छन् ।

विश्वभरि छरिएका नेपाली प्राज्ञहरुको संस्था, ग्लोबल पोलिसी फोरम नेपाल, ले हालै ब्रिटेनको लिभरपुलमा एक कार्यक्रम गरी नेपालमा नयाँ संविधानको कार्यान्वयनका चुनौतीहरूबारे छलफल गरेको थियो ।