काठमाडौं, २२ साउन । नेपाली नागरिकले पनि अब निजी जहाज राख्न पाउने सम्भावना देखिएको छ ।
नेपालको विद्यमान कानूनमा निजी प्रयोजनका लागि हवाइजहाज तथा हेलिकप्टर राख्न नपाइने प्रावधान रहे पनि यसलाई संशोधन गर्दै खुकुलो व्यवस्था गर्न लागिएको हो । कारोबार दैनिकले समाचार छापेको छ ।
यसबाट नेपालका धनाड्य तथा शौखिन व्यक्तिहरूका लागि निजी जहाज खरिद गर्ने बाटो खुल्नेछ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ल्याउन लागेको हवाई उद्योग व्यवस्थापन नियमावलीमा निजी जेट राख्न पाउने व्यवस्था गरिएको छ ।
सरकारले निजी विमानस्थलको निर्माणको समेत बाटो खुला गर्ने तयारी गरेको छ ।












प्रतिक्रिया