काठमाडौं, २१ साउन । पाकिस्तानमा २५ वर्षपछि पहिलोपटक हिन्दू नेतालाई केन्द्रीय क्याविनेटमा समावेश गरिएको छ ।
सिन्ध प्रान्तका नेता डा. दर्शन लाललाई नयाँ अन्तरिम प्रधानमन्त्री शाहिद खकान अब्बासीले आफ्नो मन्त्रिमण्डलमा राज्यमन्त्री बनाएका हुन् ।
नयाँ प्रधानमन्त्री अब्बासीले क्याविनेटमा ६ नयाँ अनुहारलाई समावेश गरेका छन् जो नवाज शरिफ सरकारका बेला मन्त्रिमण्डलमा थिएनन् । यिनीहरुमा डा. दर्शन लाल पनि समावेश छन् ।
डा. दर्शन लाललाई पाकिस्तानका चार प्रान्त खैबर पख्तूनख्वां, पञ्जाब, सिन्ध र बलूचिस्तानको बीचमा कोर्डिनेशनको जिम्मेवारी सुम्पिएको छ । – बीबीसी

















प्रतिक्रिया