१५ कार्तिक २०८३, आइतबार

फेवातालको १ हजार ६ सय ९२ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २० साउन । फेवातालको १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको खुलासा भएको छ ।

फेवातालको अतिक्रमण भएको जग्गा छानविन गर्न तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित फेवाताल छानविन समितिले अध्ययनपछि यो तथ्य पत्ता लगाएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

समितिले करिव ९ सय ५० जना ब्यक्तिको लालपुर्जा खारेज गर्न सिफरिस गरेको छ ।