२९ आश्विन २०८३, बिहिबार

बैंकका सिइओलाई फापेको गीत-संगीत

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Govinda-Prasad-upadya2

अघिल्लो बर्ष आफ्नो पहिलो सांगीतिक एल्बम ‘सत्यता’ले उत्कृष्ट एल्बमको अवार्ड हात पारेका अहिलेका चर्चित गीतकार तथा बैंकर गोबिन्दप्रसाद उपाध्यायको ‘सत्यता २’ यतिबेला चर्चाको शिखरमा छ ।

‘सत्यता २’ मा गीतकार उपाध्यायका सात वटा गीत छन् । जसलाई अन्जु पन्त, मनोज राज, शिव परियार, आस्था राउत, निखिता थापा, राज सिग्देल, पुष्पन प्रधान र युबराज चौलागाईंले स्वर भरेका छन् । हरि लम्सालको एकल संगीत रहेको यस एल्बमका सात वटै गीत यतिबेला स्रोताको रोजाइमा छन्।

‘सत्यता’को चर्चा सेलाउन नपाउदै ‘सत्यता २’ पनि चर्चाको शिखरमा पुगेपछि गीतकार उपाध्याय यतिबेला मख्ख छन् । अब नेपाली चलचित्रका गीतमा पनि आफ्ना शब्दहरू दिन ब्यस्त छन्, उनी ।

‘सत्यता २’ एल्बममा निकिता थापाको स्वरले सजिएको ‘म त तिम्रो नफापेको मान्छे’को भिडिओको छायाँकन भर्खरै भएको छ । जसको निर्देशन गरेका छन्, संचारकर्मी प्रदीप निरौलाले । गीतको भावना अनुसार् नै कथा बनेको निरौलाको भनाइ छ । गीतमा नायिका अशिस्मा नकर्मी र नायक रेश मरहठाले अभिनय गरेका छन्, जसलाई क्यामरामा कैद गरेका छन्, हरि हुमागाईले ।

गीतकार उपाध्यायका अनुसार अरु थप ३ वटा गीतको भिडियोको काम पनि अब सकिन लागेको छ । चाँडै भब्य समारोहबीच बिमोचन गरिने उनले बताए ।

Govinda-Prasad-upadya

यसो त उपाध्याय गीतकार मात्रै होइनन्, एपेक्स डेभलपमेन्ट बैँकका सिइओ पनि हुन् । गीत संगीत क्षेत्रमा उनको कद उच्च बनिरहँदा केही समय अघिमात्रै विकास बैंक बनेको एपेक्स बैंकको प्रगतिको सिँढी चढ्दो अवस्थामा छ ।

Govinda-Prasad-upadya3
भिडियोको छायाँकनपछि कलाकारको माझमा गीतकार उपाध्याय